न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एकराहीस्थित सुधार केन्द्र स्थापना गरिएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ एकराही र तिनकोरिया चौकको बीचमा सुधार केन्द्र स्थापना गरिएको हो ।
“पूर्ण जागरण रिकभरी” नामक सुधार केन्द्र स्थापना भएपछि अहिले १० जनालाई भर्ना गरिएको छ । विभिन्न कुलतमा फँसेका किशोर, युवाहरुलाई सुधार केन्द्रमा भर्ना गरिन्छ ।
सुधार केन्द्रका सँचालक देव सिँहका अनुसार, मादक पदार्थ, नशालु पदार्थ, लागु पदार्थको लत्त लागेकाहरुलाई पूर्ण रुपमा सुधार गर्नको लागि सुधार केन्द्रको स्थापना गरिएको हो ।
लागु पदार्थ सेवनकर्ताहरुलाई लत्त छुटाउन र साधारण बनाउनको लागि तथा कुलमा फँसेर जीवन बर्बाद गरेका युवा, किशोरहरुलाई नयाँ जीवन प्रदान गर्नको लागि सुधार केन्द्र स्थापना गरिएको विकास राजपुतले जानकारी दिए ।
.jpeg)
सुधार केन्द्रमा विभिन्न कुना काप्चामा सिसिटिभी क्यामेराको निगरानी गरिएको छ । सुधार केन्द्रमा परामर्श, उपचार गरी नयाँ जीवन दिने गरेको राजपुतले बताए ।
तिनकोरिया चोक लगायत नेपाल भारत सीमासँग जोडिएका नाकाहरुमा लागु पदार्थ सेवनकर्ता (ड्रगिस्ट) हरुको सँख्या दिनानुदिन बढदै गएको छ । यस्तो अवस्थामा अभिभावकलाई दुःख दिने, सताउने, यातना दिने, विभिन्न कर्म काण्डहरु गरेर अभिभावकलाई, समाजलाई दुःख दिनेहरुलाई सुधार केन्द्रमा राखेर सुधार गर्ने उनले बताए ।
उनले सुधार गर्न चाहने अभिभावकले 9828261726 वा 9763575976 मा सम्पर्क गर्न सकिने बताए ।
भारतको राजधानी दिल्लीमा शक्तिशाली बम विस्फोट, मोहमद उमर पक्राउ
- २०८२ बैशाख ११ बिहीबार
न्यूज ब्यूरो, काठमाडौं / नयाँ दिल्ली | भारतको राष्ट्रिय राजधानी दिल्लीको लालकिला नजिक सोमबार साँझ (नोभेम्बर १०) भएको शक्तिशाली विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्।
पूरा पढ्नुहोस्







