जनकपुरमा टेम्पो दुर्घटना, दुई गम्भीर !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम देखि महोत्तरी जिल्ला जाने पिडारी-कुर्था सडक खण्डमा भर्खर भएको घट्नामा जनकपुरधाम -२१, कुर्थामा टेम्पो चालक सहित दुई जना गम्भीर घाइते भएका छन्। जनकपुरधामको पिडारी बाट पश्चिम कुर्था तर्क जादै गरेको ज.१.त. ३३१५ नम्वरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको उक्त टेम्पो

२०८२ बैशाख ९ मंगलबार, दिउँसो २:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम देखि महोत्तरी जिल्ला जाने पिडारी-कुर्था सडक खण्डमा भर्खर भएको घट्नामा जनकपुरधाम -२१, कुर्थामा टेम्पो चालक सहित दुई जना गम्भीर घाइते भएका छन्।
जनकपुरधामको पिडारी बाट पश्चिम कुर्था तर्क जादै गरेको ज.१.त. ३३१५ नम्वरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको उक्त टेम्पो लाई ठक्कर दिदाँ दुर्घटना भएको कुरा प्रत्यक्षदर्शी तथा यात्रुहरूले बताएका छन्।
घट्नास्थलमा प्रहरी पुगी घाइतेहरूको उपचारको लागी प्रादेशिक अस्पताल, जनकपुरधाम लगिएका छन्।
ट्रयाक्टर चालक ट्रयाक्टर लिएर घट्ना स्थलबाट फरार भएका छन्।
प्रहरी ले अनुसंधान गरि ट्रयाक्टर र चालक नियन्त्रणमा लिन अनुसन्धान थालेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…