न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको छ । गाउँमा जुवाको आतंक मच्चाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटि गएको टोलीले धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुर टोलस्थितबाट स्थानीय राजेश सहनी र काजीबललाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
सो टोलमा दुवै जनाले जुवाखाल सँचालन गरी स्थानीय युवाहरुलाई कुलतमा फँसाउँदै वित्तिय अनियमितता गरेको आरोपसहित पक्राउ गरेको हो । जुवातासले समाजमा वित्तिय असर पर्ने, मध्यम वर्ग गरिबीको रेखामुनी पर्ने खतरालाई हेर्दै प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्नुका साथै घटनास्थलबाट दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।
ईन्सपेक्टर यादवका अनुसार, सो स्थानमा दैनिकरूपमा दुई लाख रुपैयाँभन्दा बढीको जुवा खेलिने गरेको र उनीहरुले जुवा खेलको नाममा दिनभर जुवाको अखाडा बनाएर यो समाजलाई बिग्राने किसिमको वातावरण सिर्जना गर्दै राखेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
धनुषाधामको हरिपुर क्रिकेट टुर्नामेन्टको उपाधीमाथि विदेहको कब्जा
- २०८२ बैशाख ८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरमा सम्पन्न भएको नगरस्तरीय क्रिकेट टुर्नामेन्टको उपाधी विदेह नगरपालिकाले जितेको छ । शनिबार सम्पन्न जनकपुर र विदेह नगरपालिकाबीचको खेलमा विदेह नगरपालिका
पूरा पढ्नुहोस्







