धनुषाबाट दुई जुवाडे पक्राउ
ईन्सपेक्टर यादवका अनुसार, सो स्थानमा दैनिकरूपमा दुई लाख रुपैयाँभन्दा बढीको जुवा खेलिने गरेको र उनीहरुले जुवा खेलको नाममा दिनभर जुवाको अखाडा बनाएर यो समाजलाई बिग्राने किसिमको वातावरण सिर्जना गर्दै राखेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

२०८२ बैशाख ८ सोमबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको छ । गाउँमा जुवाको आतंक मच्चाएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटि गएको टोलीले धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुर टोलस्थितबाट स्थानीय राजेश सहनी र काजीबललाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
सो टोलमा दुवै जनाले जुवाखाल सँचालन गरी स्थानीय युवाहरुलाई कुलतमा फँसाउँदै वित्तिय अनियमितता गरेको आरोपसहित पक्राउ गरेको हो । जुवातासले समाजमा वित्तिय असर पर्ने, मध्यम वर्ग गरिबीको रेखामुनी पर्ने खतरालाई हेर्दै प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्नुका साथै घटनास्थलबाट दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।
ईन्सपेक्टर यादवका अनुसार, सो स्थानमा दैनिकरूपमा दुई लाख रुपैयाँभन्दा बढीको जुवा खेलिने गरेको र उनीहरुले जुवा खेलको नाममा दिनभर जुवाको अखाडा बनाएर यो समाजलाई बिग्राने किसिमको वातावरण सिर्जना गर्दै राखेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…