सिरहामा नालामा डुबेर एक बालिकाको मृत्यू
नगरपालिकाले विकासको नाममा नाला निर्माण भने जथाभावी र अधुरो अवस्थामा छाड्ने गरेको स्थानीयवासीको आरोप छ । कतिपय स्थानमा नाला बनाइएको भए पनि ढल निकास, ढाक्ने संरचना वा चेतावनी चिन्ह नराखिएको हुँदा नजिकै बसोबास गर्ने बासिन्दा विशेषगरी बालबालिका र वृद्धवृद्धा जोखिममा छन् ।

२०८२ बैशाख ७ आइतबार, बिहान ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक बालिकाको नालामा डुबेर मृत्यु भएको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ मा शनिबार खुला नालामा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गएको छ ।
स्थानीय किसुन साफीकी छोरी आसिका साफीको मृत्यू भएको छ । शबिार विहान खेल्ने क्रममा बालिका नजिकै रहेको अधुरो र खुला नालामा खसिन् । खोजतलास भइरहेका बेला छिमेकीले बालिका नालामा डुबेको देखेपछि तत्काल उद्धार गरिएको थियो । तर उनलाई बचाउन नसकेको सिरहा प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरूले मिर्चैया नगरपालिकाले वर्षौंदेखि नाला निर्माण गरेको भए पनि नालामाथि ढक्कन नराखेको लापरवाहीले अनेकौ ं दुर्घटना निम्त्याएको आरोप लगाएका छन् ।
नगरपालिकाले विकासको नाममा नाला निर्माण भने जथाभावी र अधुरो अवस्थामा छाड्ने गरेको स्थानीयवासीको आरोप छ । कतिपय स्थानमा नाला बनाइएको भए पनि ढल निकास, ढाक्ने संरचना वा चेतावनी चिन्ह नराखिएको हुँदा नजिकै बसोबास गर्ने बासिन्दा विशेषगरी बालबालिका र वृद्धवृद्धा जोखिममा छन् ।
साफी ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’ परिवार अहिले शोकमा डुबेका छन् । आमा–बुबाले बिहानदेखि नै छोरी हराएको भन्दै खोजी गरिरहेका थिए । एक छिमेकीले बालिका नालामा देखेको खबर दिएपछि उनलाई नालाबाट निकालिएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…