सिरहामा चट्याङ (ठन्का) लागेर एक किसानको मृत्यू

२०८२ बैशाख ५ शुक्रबार
बिहान ०९:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा चट्याँग लागेर एक जना किसानको मृत्यू भएको छ । 

विहिबार सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ६ भक्राहामा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर एक किसानको मृत्यु भएको हो।

मृतकको पहिचान कल्याणपुर नगरपालिका वडा नम्बर ८ मझौलिया कास्यस्थित वडा कार्यालयमा कार्यरत करिब ४५ वर्षीय कृषक बेच्न रोहीता रहेको छ। 

प्रारम्भिक जानकारीअनुसार उनी गहुँको खेतमा रहेको बेला चट्याङ (ठन्का) परेको र घटनास्थलमै ज्यान गएको बताइएको छ।

घटनापछि स्थानीय प्रशासन र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए। मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८२ बैशाख ५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus