न्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा चट्याँग लागेर एक जना किसानको मृत्यू भएको छ ।
विहिबार सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ६ भक्राहामा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर एक किसानको मृत्यु भएको हो।
मृतकको पहिचान कल्याणपुर नगरपालिका वडा नम्बर ८ मझौलिया कास्यस्थित वडा कार्यालयमा कार्यरत करिब ४५ वर्षीय कृषक बेच्न रोहीता रहेको छ।
प्रारम्भिक जानकारीअनुसार उनी गहुँको खेतमा रहेको बेला चट्याङ (ठन्का) परेको र घटनास्थलमै ज्यान गएको बताइएको छ।
घटनापछि स्थानीय प्रशासन र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए। मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।
१० करोडको लगानीमा जनकपुर–ढल्केवर ६ लेन सडकमा तीनवटा आकाशे पुल बन्दै
- २०८२ बैशाख ५ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–ढल्केवर ६ लेन सडकखण्डमा विभिन्न स्थानहरूमा तीनवटा आकाशे पुल निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। करिब साढे १० करोड रुपैयाँको लागतमा सडक डिभिजन कार्यालय मुजेलिया,
पूरा पढ्नुहोस्







