प्रचण्ड गर्मी चढेपछि जलेश्वरमा कम्बल बाँडदै वडाध्यक्ष
शितलहरमा समेत कम्बल नदिएका वडाध्यक्ष महतोले गर्मीमा कम्बल बाँडन थालेपछि उनको चौतर्फी आलोचना भएको छ । जाडो शितलहरको प्रभावमा कम्बलको आवश्कयता भएको बेला उनले कम्बल दिएनन् । प्रचण्ड गर्मी चढेपछि कम्बल दिन सुरु गरेको हो ।

२०८१ चैत २३ शनिबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको जलेश्वरमा वडाध्यक्षले गर्मी चढेपछि कम्बल वितरण सुरु गरेका छन् । जाडोको मौसममा कम्बल नदिएका वडाध्यक्षले गर्मीमा कम्बल बाँडन सुरु गरेको छ ।
जलेश्वर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिशचन्द्र महतोले शनिबार वडा कार्यालयमै सर्वसाधारणहरुलाई कम्बल वितरण सुरु गरेका छन् ।
वडाको सुगा टोलस्थितका स्थानीयहरुलाई वडा कार्यालयमा बोलाएर एक एक थान कम्बल दिन सुरु गरेका छन् ।
शितलहरमा समेत कम्बल नदिएका वडाध्यक्ष महतोले गर्मीमा कम्बल बाँडन थालेपछि उनको चौतर्फी आलोचना भएको छ । जाडो शितलहरको प्रभावमा कम्बलको आवश्कयता भएको बेला उनले कम्बल दिएनन् । प्रचण्ड गर्मी चढेपछि कम्बल दिन सुरु गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…