
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा भालुले आक्रमण गर्दा एक जना व्यक्ति गम्भिर घाईते भएका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ बिमिरेमा आज बिहान घाँस काट्न गएका एक जना व्यक्तिलाई भालुले आक्रमण गर्दा गम्भीर घाईते भएका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटुका ५५ वर्षीय जिस्नु दुलाललाई भालुले आक्रमण गरी घाईते बनाएको हो।
भालुको आक्रमणमा परि गम्भीर घाईते भएका दुलाललाई स्थानीयहरूले तुरुन्तै उद्धार गरी जनसेवा अस्पताल बर्दिबासमा लगेको थियो । दुलाललाई प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर रेफर गरिएको छ। उनको अनुहारमा अत्याधिक घाउ देखिएको छ ।
घटनापछि वन क्षेत्रमा जाने व्यक्तिहरूलाई अत्यधिक सतर्कता अपनाउन स्थानीय प्रशासन तथा वन कार्यालयले आग्रह गरेको छ ।
सिरहामा चट्याङ (ठन्का) लागेर एक किसानको मृत्यू
- २०८१ चैत २२ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा चट्याँग लागेर एक जना किसानको मृत्यू भएको छ । विहिबार सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ६ भक्राहामा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर एक किसानको मृत्यु
पूरा पढ्नुहोस्