धनुषामा भालुको आक्रमण, एक जना गम्भिर, काठमान्डौँ रिफर !
भालुको आक्रमणमा परि गम्भीर घाईते भएका दुलाललाई स्थानीयहरूले तुरुन्तै उद्धार गरी जनसेवा अस्पताल बर्दिबासमा लगेको थियो । दुलाललाई प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर रेफर गरिएको छ। उनको अनुहारमा अत्याधिक घाउ देखिएको छ ।

२०८१ चैत २३ शनिबार, बिहान ११:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा भालुले आक्रमण गर्दा एक जना व्यक्ति गम्भिर घाईते भएका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ बिमिरेमा आज बिहान घाँस काट्न गएका एक जना व्यक्तिलाई भालुले आक्रमण गर्दा गम्भीर घाईते भएका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटुका ५५ वर्षीय जिस्नु दुलाललाई भालुले आक्रमण गरी घाईते बनाएको हो।
भालुको आक्रमणमा परि गम्भीर घाईते भएका दुलाललाई स्थानीयहरूले तुरुन्तै उद्धार गरी जनसेवा अस्पताल बर्दिबासमा लगेको थियो । दुलाललाई प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर रेफर गरिएको छ। उनको अनुहारमा अत्याधिक घाउ देखिएको छ ।
घटनापछि वन क्षेत्रमा जाने व्यक्तिहरूलाई अत्यधिक सतर्कता अपनाउन स्थानीय प्रशासन तथा वन कार्यालयले आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…