जनकपुरमा बन्द गरिएको अस्पताल चोरीलुकी सँचालन गरेपछि पुगे मुख्यमन्त्री, सँचालक पक्राउ
जबर्जस्ती र सरकारी निकायलाई झुक्याउने गरी अवैध ढङ्गले अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवैलाई जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ ।

२०८१ चैत १८ सोमबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १८ चैत्त । जनकपुरमा केही दिन अघिमात्र मापदण्ड विपरीत रहेका अस्पतालहरुको अनुगमण गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बन्द गराएका एक अस्पतालमाथि पुनः कारवाही गरिएको छ । सँचालकले लुकी छिपी बिरामी भर्ना गरेको पाईएपछि कारवाही गरिएको छ ।
सोमबार जनकपुरधामको थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालिमा बिरामी भर्ना गरी स्वास्थ्यसेवा दिइरहेको अवस्था पाइएको छ ।
अस्पतालले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरे पनि भित्र पाँचजना बिरामीलाई भर्ना गरी उपचार गरिरहेको क्रममा मुख्यमन्त्री सिँहले प्रत्यक्ष पुगेर देखेपछि कारबाही गरेका छन् ।
जबर्जस्ती र सरकारी निकायलाई झुक्याउने गरी अवैध ढङ्गले अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवैलाई जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ ।
सेवा सञ्चालन अनुमति नरहेको र अस्पतालका लागि चाहिने न्यूनतम मापदण्डसमेत पुरा नगरेको सो अस्पताललाई मुख्यमन्त्री सिँहसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमनक्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्ने निर्देशन दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…