
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले विन्धीका आँशु यादवको घटनाका आरोपित पक्राउ परिसकेको र कानुनी कारवाहीको प्रक्रियामा रहेको बताएका छन् ।
एसपी तिवारीले पटक पटक जनकपुरमा राजमार्ग जाम गर्नुको कुनै अर्थ नरहेको बताउँदै सडक जाम नगर्न आग्रह गरेका छन् । उनले आँशुलाई छुरा प्रहार गर्ने आरोपित कानुनी दायरामा रहेको जनाएका छन् ।
परिवारजनले सो घटनामा केही अन्य व्यक्तिहरुको संलग्नता रहेको जनाउँदै उनीहरुलाई पक्राउ नगरेको गुनासो गर्दै सडक जाम गर्दै आएको छ ।
राजमार्गबाट एम्बुलेन्स, मेडिकल समाग्री, अति आवश्यक समाग्री, दमकल आदीहरु जाने भएकोले धेरै बेरसम्म राजमार्ग जाम गर्दा प्रहरीले हटाएको बताएको छ । एसपी तिवारीले एक भिडियो सार्वजनिक गर्दै आरोपितमाथि मुद्दा दर्ता भईसकेको र जाहेरी परेको आधारमा अन्यहरुको खोजी कार्य तीव्र पारिएको जनाए ।
उनले अन्य केही आरोपितहरु भारतमा बसेको र प्रहरीले उनीहरुको खोजी गर्न भारतसम्म गएको बताएका छन् । भारतीय प्रहरीको सहयोग लिएर उनीहरुको खोजी भईरहेको बताए ।
उनले यस मुद्दामा कसैलाई शंका लागेमा जिल्ला प्रहरीमा आउन आग्रह गर्दै आँशु यादवको मुद्दामा जनसमुदायलाई सडक जाम नगर्न आग्रह गरे । उनले सबै प्रक्रिया निर्वाध चलिरहँदा सडक जाम गर्नुको कुनै औचित्य नरहेको प्रष्टयाएका छन् ।
यता, सो घटनामा बाहिरका केही व्यक्तिहरुले आँशु यादवको परिवारलाई जबरदस्ती आन्दोलन गर्न लगाएको आरोप छ । आरोपित कानुनी दायरमा रहेपनि आन्दोलन गर्नुको कुनै तुक नरहेको बताउँदै विन्धी ग्रामवासीभन्दा बाहिरका मान्छेहरुले उक्साएको आरोप छ । जातीय हिसाबले सो घटनालाई राजनीतिकरण गरिएको बताईएको छ । यसले प्रहरी बल प्रयोग गर्दा कैयौँ जना घाईते भएका छन् ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८१ चैत १६ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्