आँशु यादवको हत्यारा कानुनी दायरामा छ, बाँकीहरु चाँडै पक्राउ पर्छ, बाटो बन्द नगरौँः एसपी तिवारी
राजमार्गबाट एम्बुलेन्स, मेडिकल समाग्री, अति आवश्यक समाग्री, दमकल आदीहरु जाने भएकोले धेरै बेरसम्म राजमार्ग जाम गर्दा प्रहरीले हटाएको बताएको छ । एसपी तिवारीले एक भिडियो सार्वजनिक गर्दै आरोपितमाथि मुद्दा दर्ता भईसकेको र जाहेरी परेको आधारमा अन्यहरुको खोजी कार्य तीव्र पारिएको जनाए ।

२०८१ चैत १७ आइतबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले विन्धीका आँशु यादवको घटनाका आरोपित पक्राउ परिसकेको र कानुनी कारवाहीको प्रक्रियामा रहेको बताएका छन् ।
एसपी तिवारीले पटक पटक जनकपुरमा राजमार्ग जाम गर्नुको कुनै अर्थ नरहेको बताउँदै सडक जाम नगर्न आग्रह गरेका छन् । उनले आँशुलाई छुरा प्रहार गर्ने आरोपित कानुनी दायरामा रहेको जनाएका छन् ।
परिवारजनले सो घटनामा केही अन्य व्यक्तिहरुको संलग्नता रहेको जनाउँदै उनीहरुलाई पक्राउ नगरेको गुनासो गर्दै सडक जाम गर्दै आएको छ ।
राजमार्गबाट एम्बुलेन्स, मेडिकल समाग्री, अति आवश्यक समाग्री, दमकल आदीहरु जाने भएकोले धेरै बेरसम्म राजमार्ग जाम गर्दा प्रहरीले हटाएको बताएको छ । एसपी तिवारीले एक भिडियो सार्वजनिक गर्दै आरोपितमाथि मुद्दा दर्ता भईसकेको र जाहेरी परेको आधारमा अन्यहरुको खोजी कार्य तीव्र पारिएको जनाए ।
उनले अन्य केही आरोपितहरु भारतमा बसेको र प्रहरीले उनीहरुको खोजी गर्न भारतसम्म गएको बताएका छन् । भारतीय प्रहरीको सहयोग लिएर उनीहरुको खोजी भईरहेको बताए ।
उनले यस मुद्दामा कसैलाई शंका लागेमा जिल्ला प्रहरीमा आउन आग्रह गर्दै आँशु यादवको मुद्दामा जनसमुदायलाई सडक जाम नगर्न आग्रह गरे । उनले सबै प्रक्रिया निर्वाध चलिरहँदा सडक जाम गर्नुको कुनै औचित्य नरहेको प्रष्टयाएका छन् ।
यता, सो घटनामा बाहिरका केही व्यक्तिहरुले आँशु यादवको परिवारलाई जबरदस्ती आन्दोलन गर्न लगाएको आरोप छ । आरोपित कानुनी दायरमा रहेपनि आन्दोलन गर्नुको कुनै तुक नरहेको बताउँदै विन्धी ग्रामवासीभन्दा बाहिरका मान्छेहरुले उक्साएको आरोप छ । जातीय हिसाबले सो घटनालाई राजनीतिकरण गरिएको बताईएको छ । यसले प्रहरी बल प्रयोग गर्दा कैयौँ जना घाईते भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…