जनकपुरका डा. प्रमोद यादव गेटा अस्पतालको निर्देशकमा नियुक्त
नवनियुक्त निर्देशक डा. यादव हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा १०औं तहमा कार्यरत छन् । उनी यसअघि प्रादेशिक अस्पताल जनकपुरको निर्देशकका रूपमा कार्य गरेर आफ्नो नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन् । यसका साथै ट्रमा सेन्टरका निर्देशकको रूपमा पनि उनले ठूलो अनुभव प्राप्त गरेका छन् ।

२०८१ चैत ८ शुक्रबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गेटा अस्पतालको निर्देशक पदमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरिएको छ ।
नवनियुक्त निर्देशक डा. यादव हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा १०औं तहमा कार्यरत छन् । उनी यसअघि प्रादेशिक अस्पताल जनकपुरको निर्देशकका रूपमा कार्य गरेर आफ्नो नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन् । यसका साथै ट्रमा सेन्टरका निर्देशकको रूपमा पनि उनले ठूलो अनुभव प्राप्त गरेका छन् ।
गेटा अस्पतालको निर्देशक पद केही समयदेखि रिक्त नै थियो । सो पदमा अब डा। यादवको नियुक्तिले अस्पतालको कार्यसम्पादन र सेवामा सुधार ल्याउने अपेक्षाहरु रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…