महोत्तरीको पडौल स्थानमा स्थानीयहरुले गरे बजार बन्द, टायर बालेर प्रदर्शन
सुन पसलमा लागेको सिसिटिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्याम्रामा चोरी गर्न प्रयोग भएको जीप र चोरीमा संलग्नहरूको भिडियो कैद भएको छ । पसलमा राति नै चोरी भएपनि आइतबार बिहान ९ बजेमात्रै थाहा भएको सञ्चालक साहले बताए ।

२०८१ चैत ४ सोमबार, बिहान १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पडौल स्थानमा रहेको बजारमा स्थानीय व्यापारीहरुले आज बजार बन्द गरेका छन् ।
बलवा नगरपालिका–३ परौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी गरेपछि व्यापारीहरु टायर बालेर प्रदर्शन गरेका छन् ।
शनिबार राति जीप चढेर आएका चोरहरूको समूहले लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको बताएपनि आज सिसिटिभी चालु अवस्थामा नरहेको भन्दै व्यापारीहरु बजार बन्द गराएका छन् ।
शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुण कुमार साहका अनुसार ५ जनाको समूहमा आएका चोरहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट ९लकर०, क्याम्राको हार्डडिस्क चोरी गरेर लगेको छ ।
सुन पसलमा लागेको सिसिटिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्याम्रामा चोरी गर्न प्रयोग भएको जीप र चोरीमा संलग्नहरूको भिडियो कैद भएको छ । पसलमा राति नै चोरी भएपनि आइतबार बिहान ९ बजेमात्रै थाहा भएको सञ्चालक साहले बताए ।
त्यो पसलसहित बजारको अन्य ठाउँमा लागेको सिसिटिभी क्यामेरा सँचालनमा नरहेको भन्दै स्थानीय व्यापारीहरु प्रशासन विरुद्ध नारावाजी गर्दै बजार बन्द गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…