बर्दिवासबाट ५४७ किलो गाँजासहित एक जना पक्राउ 

२०८१ चैत ३ सोमबार
बिहान ०९:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बर्दिवास ।  लागु औषध अनुसन्धान ब्युरो शाखा कार्यालय बर्दिवासको प्रहरीे गस्ति टोलीले आईतवार साँझ ५४७ किलो गाँजा सहित मिनि ट्रक र त्यसका चालकलाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले बर्दिवास ३ गौरीडाँडा स्थित ट्राफिक प्रहरी चेक पोष्ट नजिकैबाट गाँजा बोकेको उक्त मिनी ट्रक र त्यसको चालकलाई नियन्त्रणमा लिएको हो ।

सिन्धुलीबाट बर्दिबास तर्फ आउदै गरेको बा. ३ ख ५८३२ नम्बरको निलो रंगको मिनिट्रकलाई रोकेर चेकजांच गर्ने क्रममा ट्रकको माथी टिनको फल्स बटम बनाई कालो त्रीपालले छोपेर राखेको रातो रंगको प्लाष्टिकले प्याकिङ्ग गरी पहेलो र हरियो रंगको प्लाष्टिकको डोरीले बाधेर लुकाई ल्याउदै गरेको ३५ पोका गाँजा बरामद गरीएको बताईएको छ ।

उक्त मिनीट्रक सहित त्यसका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमांडौ महानगर पालिका ६ टोखा ग्रिनल्याण्ड स्थित डेरा गरी बस्ने पदमसिंह मगरको छोरा बर्ष ३७ को सलिन मगर लाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको लागु औषध अनुसन्धान ब्युरो शाखा कार्यालय बर्दिवासले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

Bureau Menus