सिरहामा खातुनको होटलमा प्रहरीको छापामारी, ब्राउन सुगर ड्रग्ससहित दुई पक्राउ
प्लाष्टिक सहित तौल गर्दा १ ग्राम ७३० मिलि ग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६७० मिलि ग्राम) खैरो हिरोइन फेला पारी वरामद गरिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सोही होटल बाहिर गोलबजार नगरपालिका वडा नम्बर ७चोहर्वा बस्ने अन्दाजी वर्ष १८ को राजन जयसवाललाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ वटा कालो प्लाष्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने लागूऔषध प्लाष्टिक सहित तौल गर्दा १५० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ४० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ ।

२०८१ फागुन २८ बुधबार, राति ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रहरीले एक होटलमा छापामारी गरेपछि लागुऔषध बरामद भएको छ ।
मँगलबार सिरहाको औरही गाउँपालिका वडा नम्बर २ बनिनियाँ बस्ने ईसराफिल राइनकी श्रीमति बर्ष ३० की नगिरा खातुनले सँचालन गरेको होटलमा छापामारी भएको हो । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ स्थित सँचालनमा रहेको खातुनको हाइवे होटलमा छापामारी गरेपछि ब्राउन सुगर बरामद भएको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्सपेक्टर गोविन्द साहको नेतृत्वको गएको प्रहरी टोलीले खातुनको होटलको बेसिनमा पहेंलो रंगको प्लाष्टिकमा १७ वटा कालो प्लाष्टिकको पोका फेला परेको जनाइएको छ ।
प्लाष्टिक सहित तौल गर्दा १ ग्राम ७३० मिलि ग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६७० मिलि ग्राम) खैरो हिरोइन फेला पारी वरामद गरिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सोही होटल बाहिर गोलबजार नगरपालिका वडा नम्बर ७चोहर्वा बस्ने अन्दाजी वर्ष १८ को राजन जयसवाललाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ वटा कालो प्लाष्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने लागूऔषध प्लाष्टिक सहित तौल गर्दा १५० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ४० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध सहित होटल संचालक नागिरा खातुन र राजन जयसवाल दवै जनालाइ नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट दिन ५ को म्याद थप लिई अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…