होलीमा उच्छृँगल गतिविधि नगर्न धनुषा प्रशासनको चेतावनी, छपरीहरुमाथि निगरानी
उनले होलीको नाममा हुँदै आएको उच्छृँगल गतिविधि रोकेर आत्मीयता हुनेसँग मात्र रँग अबिर खेल्न आग्रह गरे । जथाभावी लोला नहान्न, सडकलाई होली खेल्ने प्रयोजन नबनाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, सुनचाँदीको गहना लगाएर होली नखेल्न अनुरोध गरेका हुन् ।

२०८१ फागुन २८ बुधबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको रँग उल्लासको पर्व होलीमा उच्छृँगल गतिविधि नगर्न धनुषा प्रशासनले अनुरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले एक सूचना जारी गर्दै होलीको नाममा उच्छृँगल गतिविधि नगर्न अनुरोध गरेको हो । जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले होली मन मिल्नेसँग मात्र खेल्न अनुरोध गरे ।
उनले होलीको नाममा हुँदै आएको उच्छृँगल गतिविधि रोकेर आत्मीयता हुनेसँग मात्र रँग अबिर खेल्न आग्रह गरे । जथाभावी लोला नहान्न, सडकलाई होली खेल्ने प्रयोजन नबनाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, सुनचाँदीको गहना लगाएर होली नखेल्न अनुरोध गरेका हुन् ।
यसका साथै, एसपी तिवारीले होलीमा केमिकल युक्त रँग नदल्न आग्रह गर्दै सार्वजनिक सडकमा उच्छृँगल गतिविधि, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई धनुषा प्रहरीले विशेष निगरानीमा राखेको बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…