.jpeg)
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको रँग उल्लासको पर्व होलीमा उच्छृँगल गतिविधि नगर्न धनुषा प्रशासनले अनुरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले एक सूचना जारी गर्दै होलीको नाममा उच्छृँगल गतिविधि नगर्न अनुरोध गरेको हो । जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले होली मन मिल्नेसँग मात्र खेल्न अनुरोध गरे ।
उनले होलीको नाममा हुँदै आएको उच्छृँगल गतिविधि रोकेर आत्मीयता हुनेसँग मात्र रँग अबिर खेल्न आग्रह गरे । जथाभावी लोला नहान्न, सडकलाई होली खेल्ने प्रयोजन नबनाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, सुनचाँदीको गहना लगाएर होली नखेल्न अनुरोध गरेका हुन् ।
यसका साथै, एसपी तिवारीले होलीमा केमिकल युक्त रँग नदल्न आग्रह गर्दै सार्वजनिक सडकमा उच्छृँगल गतिविधि, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई धनुषा प्रहरीले विशेष निगरानीमा राखेको बताए ।
भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत
- २०८१ फाल्गुण २८ बुधबार
न्यूज ब्यूरो, रुपन्देही । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु) हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै
पूरा पढ्नुहोस्