न्यूज ब्यूरो, राजविराज । मधेशका मुख्यमन्त्री विगते केही हप्तादेखि निरन्तर अवैद्य अस्पालमाथि एक्सन लिन सक्रिय भएका छन् ।
आईतबार सप्तरी सदरमुकाम राजविराजस्थित निजी अस्पतालहरुमा मधेसका मुख्यमन्त्री सतिस सिंहले अनुगमन गरेका छन्
न्यूज ब्यूरो, राजविराज । मधेशका मुख्यमन्त्री विगते केही हप्तादेखि निरन्तर अवैद्य अस्पालमाथि एक्सन लिन सक्रिय भएका छन् ।
आईतबार सप्तरी सदरमुकाम राजविराजस्थित निजी अस्पतालहरुमा मधेसका मुख्यमन्त्री सतिस सिंहले अनुगमन गरेका छन् ।
मुख्यमन्त्री सिंहले राजविराजस्थितका ७ वटा निजी अस्पतालहरुमा आज अनुगमन गरेका हुन ।
अनुगमन गरेका ७ वटा निजी अस्पतालमध्ये दुइवटा अस्पताल नियमविपरीत सञ्चालन रहेको पाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सेवा सञ्चालनको नियमविपरीत सञ्चालन रहेको पाइएपछि दुइवटै अस्पताललाई मुख्यमन्त्री सिंहले तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
राजविराजमा गरेका स्वास्थ्य संस्था अनुगमनक्रममा एकथरी अनुमति र अर्कोथरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टरलाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको जनाइएको छ ।
प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिए पनि शय्या राखी इमेजिङ तथा शल्यक्रियासहितको सुविधा उपलब्ध गराउँदै आएको छ ।
यस्तो सुविधासहितको स्वास्थ्य सेवा सञ्चालन गर्न पोलिक्लिनिकका रूपमा प्रदेश सरकारबाट सेवा सञ्चालन अनुमतिपत्र लिने प्रावधान छ । तर त्यो लिइएको देखिएको छैन ।
यसैगरी भारती इमेजिङ सेन्टरसँग सेवा सञ्चालन गर्ने अनुमतिपत्र नरहेकाले यसलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताए ।
त्यस्तै अनुगमनका क्रममा स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेको भएतापनि मापदण्ड पुरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पुरा गर्न निर्देशन दिइएको छ ।
सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ ।
यसैगरी दुई सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक भेटिए पनि सरसफाइ व्यवस्थापनमा थप जोडबल गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन ।