कमलामा मेदानता क्लीनिकको दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर, ४ हजार बढीले लिए सेवा
जनकपुरको मेदनता रिसर्च क्लिनिक प्रा.लि. को आयोजना र हथमुण्डाको एपेक्स इँगलिस बोर्डिँग स्कुलको सम्वन्यमा शिविर सम्पन्न भएको हो । शिविरको लागि सुधिर कुमार सिँह, रामऔतार दास र धर्मेन्द्र महतोले विशेष सहयोग गरेका थिए ।

२०८१ फागुन २६ सोमबार, बिहान ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. दिग्विजय ठाकुरको नेतृत्वको डाक्टरहरुको टीम सम्मलित एक स्वास्थ्य शिविरमा ४ हजार बढी सर्वसाधारणले सेवा लिएका छन् ।
धनुषाको कमला नगरपालिका वडा नम्बर ७ हथमुण्डामा जनकपुरको मेदनता क्लीनिकको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ हजार जना बढीले सेवा लिएका हुन् ।
गत शुक्रबार र शनिबार गरी दुई दिने निःशुल्क स्वास्थ्य शिविरको लागि डाक्टर दिगविजय ठाकुरले स्थानीयहरुको लागि स्वास्थ्य शिविरको व्यववस्था मिलाएका थिए ।
हथमुण्डासहित आसपासका वडाका सर्वसाधारणहरुले समेत सेवा लिएको डाक्टर ठाकुरले जानकारी दिए । उनका अनुसार, कमला नगरपालिकाको विकट क्षेत्र मानिएको हथमुण्डामा अवस्थाको विकटता हेरी निःशुल्क स्वास्थ्य शिविर राखेको बताए ।
शिविरको लागि बालरोग विशेषज्ञ डा. अभय मण्डल र डा. ईशराजुल शाहले सेवा दिएका थिए । शिविरमा डा. राजीव यादव, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. चन्द्रनारायण यादव र डा. जीतेन्द्र कुमार सिहले सेवा दिएका थिए ।
मधेश प्रदेशका स्वास्थ्यमन्त्री समेत पुगेका सो शिविरको लागि वरिष्ठ स्त्री तथा प्रसुति रोग निःसन्तान रोग विशेषज्ञ डा. अरुण कुमार यादव, बरिष्ठ जेनेरल सर्जन डा. ज्ञान कमार साह, जेनरल सर्जन डा. राजेश कुमार साहले सेवा दिए भने नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा. सुनिल कुमार सिँह, डेन्टल सर्जन डा. कुन्दन मिश्र र अर्थोपेडिक ट्रमा सर्जन डा. सँजीत कुमार साहले सेवा दिएका थिए ।
जनकपुरको मेदनता रिसर्च क्लिनिक प्रा.लि. को आयोजना र हथमुण्डाको एपेक्स इँगलिस बोर्डिँग स्कुलको सम्वन्यमा शिविर सम्पन्न भएको हो । शिविरको लागि सुधिर कुमार सिँह, रामऔतार दास र धर्मेन्द्र महतोले विशेष सहयोग गरेका थिए ।
शिविरमा स्वास्थ्यमन्त्रीससहित एमालेका नेता उमाशंकर अरगरिया, दीपेन्द्र यादव लगायतले समेत नीरिक्षण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…