धनुषाधाममा परिक्रमावासीको लागि सबै सुविधा तयार छः मेयर मण्डल 

२०८१ फाल्गुण २३ शुक्रबार
बेलुकी ६:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले परिक्रमाको धार्मिक लस्करको लागि सबै सुविधा तयार रहेको बताएका छन् । 

शुक्रबार धनुषाधाम नगरपालिकाको वडा नम्बर ५ मा परिक्रमाको धार्मिक लस्करलाई स्वागत गरेको मेयर मण्डलले भोली धनुषाधामको सदरमुकाममा भव्य स्वागतको तयारी गरिएको बताए । 

प्रत्येक बर्षझैँ धार्मिक लस्करको लागि भोजन, आवास र अन्य सुविधाको लागि सबै पक्षसँग समन्वय भईसकेको जानकारी दिए । उनले परिक्रमामा आएका हजारौँ श्रद्धालुको लागि धनुषाधाम नगरपालिकाले आधारभूत आवश्यकतालाई विशेष ध्यानमा राखेको बताए । 

धनुषाधाममा वास, भोजन, पानी, सरसफाईसहित अन्य व्यवस्थापन पूरा भएको बताए । मेयर मण्डलले स्थानीय व्यवसायी, पसले, व्यापारीहरुलाई समेत परिक्रमाको धार्मिक लस्करलाई भव्य स्वागत गरी स सम्मान व्यवहार गर्न निर्देशन दिएको बताए । 

उनले भने, –“जहाँ किशोरीजी र मिथिलाबिहारीजीको डोला स्वयँम आउँछ, त्यहाँ साक्षात भगवान अवतरण हुन्छ, भगवानको दर्शनको धोको पूरा गर्न हामी सबै लाग्दै आएका छौँ, यो दिन धनुषाधामवासीको लागि ऐतिहासिक दिन हुन्छ । प्रत्येक बर्ष आउने धार्मिक लस्करलाई स्वागत गर्न पाउँदा हामी हर्षित हुन्छौँ ।”

मेयर मण्डलका अनुसार, परिक्रमामा धार्मिक तनाव रोक्न विशेष सुरक्षा समेत खटेको बताए । उनले धनुषा प्रशासनसँग समन्वय भएको बताए । 

  • 36%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Full Action मा मधेशका मुख्यमन्त्री सतिश सिँह, आफ्नै गृह जिल्लाको दुई अस्पताल बन्द गर्न निर्देशन

  • २०८१ फाल्गुण २३ शुक्रबार

न्यूज ब्यूरो, राजविराज ।  मधेशका मुख्यमन्त्री विगते केही हप्तादेखि निरन्तर अवैद्य अस्पालमाथि एक्सन लिन सक्रिय भएका छन् ।  आईतबार सप्तरी सदरमुकाम राजविराजस्थित निजी अस्पतालहरुमा मधेसका मुख्यमन्त्री सतिस सिंहले अनुगमन गरेका छन्

पूरा पढ्नुहोस्

Bureau Menus