मधेशमै सबभन्दा ठुलो वाटरपार्क 'WONDER LAND' धनुषाको रमदैयामा

२०८१ फाल्गुण २२ बिहीबार
बेलुकी ७:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी एवं मिथिलाको पावन भूमी जनकपुरधाममा मधेश प्रदेशकै सबैभन्दा ठूलो अत्याधुनिक वाटर पार्क संचालन हुन लागेको छ ।

धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका–१ जनकपुर ढल्केवर सडक खण्डमा संचालन हुन लागेको वंडरलैंड वाटर पार्कको शुक्रवार बिहान ११ बजे नेपालकी चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितीमा उद्घाटन हुने गर्ने कार्यक्रम छ ।

जानकी फन पार्क एण्ड रिर्सोट प्रा.लि.का प्रबन्ध निर्देशक गुड्डु जैनले उदघाटन अघि विहिवार आयाेजित पत्रकार सम्मेलनमा बोल्दै वाटर पार्क संचालन गर्नुको मुख्य उदेश्य पर्यटन प्रबद्र्धन गर्ने, रोजगारीको अवसर सृजना गर्ने र यस क्षेत्रका जनताहरुलाई मनोरंजन प्रदान गर्ने रहेको बताउनु भयो ।

३ लाख स्क्वायर फिट क्षेत्रफल रहेको यस पार्कमा Multilane slide 2 lane, Body wave slide, High speed body slide, Open Body Turning slide, Open Float Slide, Wave Pool, Rain Dance, 5 Platform water Play System, Tots  activity (6 Different Shower- Mushroom Umbrella, Tilting Cone, Water Cage, Rainbow, Fun crystal Arena, Fun arch Curtain ), Food court, Party hall  तथा Performance Stage को निर्माण सम्पन्न भइसकेको बताउँदै जैनले आगन्तुकहरुका लागि पर्याप्त पार्किंगको व्यवस्था समेत रहेको जानकारी गराउनु भयो ।

वंडरलैंड वाटर पार्क दक्ष तथा अनुभवी कर्मचारीहरुको निगरानीमा बिहान १०ः३० बजेदेखि बेलुकी ५ बजेसम्म संचालनमा रहने तथा यस पार्कमा प्रवेश गर्ने ३ फीट मूनीका बालबालिकालाई कुनै प्रवेश शुल्क नलाग्ने उहाँले जानकारी गराउनु भयो । अन्यको हकमा भने प्रति व्यक्ति रु.८४० (आठ सय चालिस) तथा कर प्रवेश शूल्क निर्धारण गरिएको छ । पानीको स्वच्छता कायम गर्न पार्कमा हाल ४ वटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको तथा आगन्तुकहरुका लागि Costume तथा Locker उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

पार्कमा १८ हजार स्क्वायर फिट क्षेत्रफल रहेको मधेशकै सबैभन्दा ठूलो Resturant Complex अन्तर्गत अत्याधुनिक किचेन, कन्फे्रन्स हल, बार, केविनहरु, आदि निर्माणाधीन छन् भने, निकट भविष्यमा Resort, Banquet Hall, बच्चाहरुका लागि अत्याधुनिक Play Zone निर्माण गर्ने योजना रहेको उहाँको भनाई थियो । सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा हालसम्म यस पार्कको निर्माणमा रु. १२ करोड ५० लाख खर्च भइसकेको बताउँदै जैनले हाल २ हजार मानिसलाई प्रवेश गर्ने क्षमता रहेको यस पार्कमा आवश्यक सुरक्षा व्यवस्थाका लागि लाइफ गार्ड, सुरक्षा गार्ड तथा बाउन्सरहरु पनि नियूक्त गरिएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा कम्पनीका Board of Director क्रमशः अभिषेक गोयन्का, डा.मोनी महतो र खुश्बु जैन सर्राफको उपस्थिती रहेको थियाे ।

  • 31%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 15%

अमरेशको आक्रोसः मधेशी भएकै कारण सिभिल हस्पिटलमा डा. प्रमोद यादवलाई नियुक्ति दिएन

  • २०८१ फाल्गुण २२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले सिभिस हस्पिटलको डाइरेक्टरमा मेरिट लिस्टको १ नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर ३ नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति

पूरा पढ्नुहोस्

Bureau Menus