पूर्व-मन्त्री रघुवीर महासेठकै क्षेत्रमा बर्षौदेखि बनेन सानो पुल, आवतजावत गर्न सास्ती
सो पूल निर्माणको लागि स्थानीयहरुले कैयौँ पटक आन्दोलन गरिसकेका छन् । अहिले पनि सो पूल निर्माण हुने अवस्थामा भने देखिदैनन् । विद्यार्थी बोकेर जाने स्कूल बसरहरु समेत बर्षायाममा थला पर्दै आएको छ भने बर्षायाममा महेन्द्रनगर पढन जाने विद्यार्थीहरुलाई ढल्केवर हुँदै पढन जानुपर्ने बाध्यता भएको छ ।

२०८१ फागुन २१ बुधबार, बिहान ११:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सखुवा महेन्द्रनगर र ईच्छापुर जोडने खोलामा पुल निर्माण अलपत्र हुँदा स्थानीयहरु कडा आन्दोलन गर्ने मुडमा छन् ।
बर्षौदेखि क्षीरेश्वरनाथ नगरपालिकाको सदरमुकाम महेन्द्रनगर र वडा नं. ९ ईच्छापुर जोडने परिक्रममा सडकमा पुल निर्माण सम्पन्न नहुँदा धार्मिक यात्री मात्र नभई आम सर्वसाधारणलाई सास्ती भोग्नुपरेको छ ।
विभिन्न समयमा राजमार्ग अवरुद्ध स्थानीय नागरिकहरुले पुल निर्माणको लागि आन्दोलन गरेपनि ठेकेदार वा सरोकारबाला अझै ध्यान दिन सकेका छैनन् । बर्षायाम आएपछि परिक्रमा सडक भएर आवतजावत गर्न निकै कठिनाई भईरहेको अवस्थामा धनुषा प्रशासनले समेत ध्यान दिन सकेका छैनन् ।
सो पूल निर्माणको लागि स्थानीयहरुले कैयौँ पटक आन्दोलन गरिसकेका छन् । अहिले पनि सो पूल निर्माण हुने अवस्थामा भने देखिदैनन् ।
विद्यार्थी बोकेर जाने स्कूल बसरहरु समेत बर्षायाममा थला पर्दै आएको छ भने बर्षायाममा महेन्द्रनगर पढन जाने विद्यार्थीहरुलाई ढल्केवर हुँदै पढन जानुपर्ने बाध्यता भएको छ ।
महेन्द्रनगर क्षेत्र पूर्व भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको क्षेत्र हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…