पैसा खाएपछि जनकपुरका पूर्व वडाध्यक्ष साह पक्राउ

२०८१ फाल्गुण १९ सोमबार
बेलुकी ७:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका एक पूर्व वडाध्यक्षलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

जनकपुरधाम उप महानगरपालिका वडा नम्वर १ का पूर्व वडाध्यक्ष शत्रुधन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

एक व्यवसायीसँग भएको लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीमाथि पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ५ बस्ने व्यवसायी धर्मेन्द्र साहसंगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भए पछि आज पक्राउ गरिएको छ ।

पूर्व वडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा उनी संग पैसा लिएर नत जग्गा नै दिए नत पैसानै पछि उनी विरुद्ध अदालतमा मुद्दा दायर भए पछि अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो ।

  • 0%
  • 2%
  • 98%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८१ फाल्गुण १९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus