लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ
अधिकारीका अनुसार बेचबिखनका निमित्त ल्याउन लगाउने जिल्ला झापा बुध्दशान्ती गाउँपाकिला वडा नम्बर ४ घर भइ हाल जिल्ला काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चन्नीखेलमा डेरा गरि बस्ने बर्ष २४ कि मिना कार्की समेतलाई पक्राउ गरी कारवाहीको लागि पठाएको हो ।

२०८१ फागुन १९ सोमबार, बिहान ११:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । लागु औषध नियन्त्रण ब्यूरो बर्दिवास शाखाले लागु औषध ब्राउन सुुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
आईतबार दिउँसो करिब १ बजेको समयमा झापाबाट काठमान्डौँतर्फ गईरहेको हायसमा लागुऔषध ब्राउन सुगर लिएर जाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो बर्दिवास शाखाबाट खटि गएको टोलीले सिन्धुलीको भिमानस्थित चेकजाँचको क्रममा ९९ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको हो ।
शाखाबाट प्रहरुी नायब नीरिक्षक सरोज कुमार अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमान चेकपोष्टमा काकरभिट्टा बाट काठमाण्डौ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६१६७ नम्बरको हायसबाट सो परिमाणको ब्राउन सुगर पक्राउ गरेको हो ।
हाईसको अन्तिम सिटमा सवार झापा कचनकवल गाउँपाकिला वडा नम्बर ५ बस्ने वर्ष ४५ को अवसार आलामले बोकेको ब्याग भित्र कालो प्लास्टिकको झोला भित्र टेपले बेरीएको अवस्थामा प्लास्टिकको बट्टा भित्र सेतो प्लास्टिकले प्यापिङ्ग गरी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (खैरो हेरोईन) फेला परेको अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार बेचबिखनका निमित्त ल्याउन लगाउने जिल्ला झापा बुध्दशान्ती गाउँपाकिला वडा नम्बर ४ घर भइ हाल जिल्ला काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चन्नीखेलमा डेरा गरि बस्ने बर्ष २४ कि मिना कार्की समेतलाई पक्राउ गरी कारवाहीको लागि पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…