लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ 

२०८१ फाल्गुण १९ सोमबार
बिहान ११:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बर्दिवास । लागु औषध नियन्त्रण ब्यूरो बर्दिवास शाखाले लागु औषध ब्राउन सुुगरसहित एक युवकलाई पक्राउ गरेको छ । 

आईतबार दिउँसो करिब १ बजेको समयमा झापाबाट काठमान्डौँतर्फ गईरहेको हायसमा लागुऔषध ब्राउन सुगर लिएर जाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो बर्दिवास शाखाबाट खटि गएको टोलीले सिन्धुलीको भिमानस्थित चेकजाँचको क्रममा ९९ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको हो । 

शाखाबाट प्रहरुी नायब नीरिक्षक सरोज कुमार अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमान चेकपोष्टमा काकरभिट्टा बाट काठमाण्डौ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६१६७ नम्बरको हायसबाट सो परिमाणको ब्राउन सुगर पक्राउ गरेको हो । 

हाईसको अन्तिम सिटमा सवार झापा कचनकवल गाउँपाकिला वडा नम्बर ५ बस्ने वर्ष ४५ को अवसार आलामले बोकेको ब्याग भित्र कालो प्लास्टिकको झोला भित्र टेपले बेरीएको अवस्थामा प्लास्टिकको बट्टा भित्र सेतो प्लास्टिकले प्यापिङ्ग गरी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (खैरो हेरोईन) फेला परेको अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार बेचबिखनका निमित्त ल्याउन लगाउने  जिल्ला झापा बुध्दशान्ती  गाउँपाकिला वडा नम्बर ४ घर भइ हाल  जिल्ला काठमाडौ  बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चन्नीखेलमा डेरा गरि बस्ने बर्ष २४ कि मिना कार्की समेतलाई पक्राउ गरी कारवाहीको लागि पठाएको हो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८१ फाल्गुण १९ सोमबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus