शहिद गँगालाल हृदय केन्द्र जनकपुरका कर्मचारीहरु आन्दोलनमा
कर्मचारीहरूले गंगालाल हृदय केन्द्रलाई स्वतन्त्र रूपमा नै सञ्चालन गरिनु पर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूको अनुसार, यदि केन्द्रलाई प्रतिष्ठानमा गाभियो भने सेवाहरूमा प्रतिकूल प्रभाव पर्नेछ, जसले बिरामीहरूलाई गम्भीर समस्या उत्पन्न गर्न सक्ने बताईएको छ ।

२०८१ फागुन १५ बिहीबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शहीद गंगालाल हृदय केन्द्र जनकपुरधाम शाखाका सम्पूर्ण कर्मचारीहरू आन्दोलनमा उत्रेका छ्न्।
शहीद गंगालाल हृदय केन्द्र जनकपुरधाम शाखाका सम्पूर्ण कर्मचारीहरूले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिने सरकारको निर्णयविरुद्ध विरोध जनाउँदै आज कालो पट्टी बाँधेर आन्दोलित भएका छन्।
कर्मचारीहरूले गंगालाल हृदय केन्द्रलाई स्वतन्त्र रूपमा नै सञ्चालन गरिनु पर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूको अनुसार, यदि केन्द्रलाई प्रतिष्ठानमा गाभियो भने सेवाहरूमा प्रतिकूल प्रभाव पर्नेछ, जसले बिरामीहरूलाई गम्भीर समस्या उत्पन्न गर्न सक्ने बताईएको छ ।
“हामी यस संस्थालाई स्वतन्त्र रूपमा सञ्चालन गर्न चाहन्छौं। यदि यो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभियो भने बिरामीहरूको उपचारमा समस्या आउन सक्छ, सेवा प्रभावकारी नहुन सक्छ, र जनकपुरवासीहरूलाई असहज स्थिति सामना गर्नुपर्छ।”– एक कर्मचारीले भने ।
विरोध कार्यक्रममा सहभागी कर्मचारीहरूले सरकारलाई पुनर्विचार गर्न आग्रह गर्दै केन्द्रलाई हालकै स्वरूपमा सञ्चालन गर्न जोडदार माग गरेका छन्।
उनीहरूले आफ्ना मागहरू सम्बोधन नभए थप संघर्ष गर्ने चेतावनीसमेत दिएका छन्।
यस विषयमा सम्बन्धित सरकारी अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, जनकपुरधामका स्थानीय नागरिकहरू पनि यो विषयमा चासो व्यक्त गरिरहेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…