महाकुम्भबाट भाइरल बनेकी बञ्जारन 'मोनालिसा' रौतहटको मौलापुरमा 

२०८१ फाल्गुण १४ बुधबार
रति ८:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  भारतमा जारी महाकुम्भ मेलाबाट भाइरल बनेकी मोनालिसा रौतहटको मौलापुर नगरपालिका पतौराधामस्थित शिवमन्दिरमा आयोजित मधानी महोत्सवमा सहभागी भएकी छन्।

महाकुम्भ मेलामा माला बेच्दै गरेकी मोनालिसा सामाजिक सञ्जालमा भाइरल बनेपछि केहि दिनमै उनी इन्टरनेट सुपरस्टार बनेकी थिइन् । उनी हाल बलिवुड फिल्ममा समेत काम गर्दैछिन्। 

परौराधाम मोनालिसासहित भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेसहित उपस्थित भएर शिवमन्दिरमा दर्शन गरेका छन्। कलाकारहरुले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरेका थिए।

पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सुरक्षित इन्टरनेट दिवसमा WorldLink को इन्टरनेट साक्षरता

  • २०८१ फाल्गुण १४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मधेस प्रदेशका विभिन्न स्थानमा इन्टरनेट साक्षरता सत्र सम्पन्न गरेको छ। वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) को

पूरा पढ्नुहोस्

Bureau Menus