जनकपुर न्यूरो हस्पिटलमा थपिए चर्चित न्यूरो सर्जन डाक्टर सतिश साह
दुर्घटनाका विरामीहरु, टाउको सम्बन्धी विरामीहरु बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न जनकपुर न्यूरो हस्पिटल सँचालनमा ल्याएको हो । जनकपुरमै न्यूरो हस्पिटल भएपछि विराटनगर वा अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको हो ।

२०८१ फागुन ११ आइतबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको एक मात्र न्यूरो हस्पिटल जनकपुर न्यूरो हस्पिटलमा थप एक न्यूरो सर्जन डाक्टर थपिएका छन् ।
आईतबार जनकपुर न्यूरो हस्पिटलका सँचालक समेत रहेका न्यूरो सर्जन डा. विजय राउतले उनलाई हस्पिटलमा स्वागत गरेका छन् । यसअघि डा. सशित कुमार साह विराटनगरस्थित विराट टिचिँग अस्पताल र मोरँग सहकारी अस्पतालका कार्यरत थिए ।
मधेश प्रदेशको ८ जिल्लामै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मुरलीचोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटलमा डा. विजय कुमार राउतले न्यूरो सर्जन सेवा प्रदान गर्दै आएकोमा थप एक न्यूरो सर्जन थपिएपछि उपचारमा झन सहज हुने भएको छ ।
न्यूरो सम्बन्धी विरामीको चाप र सुविधालाई मध्यनजर गर्दै डा. राउतले न्यूरो सर्जन डा. सतिश कुमार साहलाई ल्याएको हस्पिटल प्रशासनका सँजय कुमार मण्डलले जानकारी दिए ।
दुर्घटनाका विरामीहरु, टाउको सम्बन्धी विरामीहरु बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न जनकपुर न्यूरो हस्पिटल सँचालनमा ल्याएको हो । जनकपुरमै न्यूरो हस्पिटल भएपछि विराटनगर वा अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…