.jpeg)
न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । उक्त गीतमा लोकप्रिय कलाकार सागर लम्साल (बले) र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।
गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा आर्यको सुमधुर आवाज सुन्न सकिन्छ भने गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको यस गीतको छायांकन ज्ञानेन्द्र शर्मा र उनकै टिमले काठमाडौंमा गरेका हुन् ।
निर कुमारी विश्वकर्मा ‘सविना’को निर्माणमा तयार भएको यो गीतलाई प्रमोद (भारत) ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको सहभागिता रहेको छ ।
रुद्रसेन क्रिएसन प्रा.लि. को प्रस्तुति रहेको यस गीतलाई ‘दिलवाली’ नामक नेपाली र भोजपुरी एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमी-प्रेमिकाहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
यो गीत युट्युबलगायत सामाजिक सञ्जालमा उपलब्ध छ । ‘दे दन प्यार गोरी’ले छोटो समयमै दर्शकहरूबीच राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ ।
उक्त गीतलाई गायक रुद्रसेन क्रियसन प्रा.ली. युट्युब च्यानलबाट हेर्न सकिन्छ |
जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ
- २०८१ फाल्गुण ३ शनिबार
सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ । हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने
पूरा पढ्नुहोस्