धनुषाको खजुरीमा भव्य पँचवर्षिय झण्डा मेला लाग्दै, ७ दिनम्म लाग्नेछ मेला

२०८१ माघ २५ शुक्रबार
बिहान १०:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा प्रत्येक पाँच बर्षमा लाग्दै आएको भव्य झण्डा मेला २०८१ आयोजन गरिएको छ । 

जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी फिल्ड (परसाहा) मा आयोजन गरिएको मेला माघ २९ गतेदेखि विधिवत सुरु हुने आयोजक समितिले जनाएको छ । 

मेलाको लागि भारतसहित विभिन्न स्थानबाट रामहिलोरासहित अन्य मनोरञ्जनात्मक वस्तुहरुको सेटिँग समेत पूरा भएको समितिले जनाएको छ । 

प्रत्येक पाँच बर्षमा लगाइने सो मेला भव्य रुपमा लाग्दै आएको छ । मेला भर्नको लागि भारतबाट अधिक सँख्यामा आउने गरेका छन् । नेपाल भारत सीमा नजिकै रहेकोले भारतबाट श्रद्धालुहरु अधिक सँख्यामा आउने गरेका छन् । 

महावीर झण्डाको लागि मूर्तिको रँगरोगन सुरु गरिएको समितिका सुनिल पासवानले जानकारी दिए । 

२९ गतेदेखि सुरु हुने झण्डा मेला आगामी फागुन ६ गतेसम्म चल्ने जनाइएको छ । यसको लागि कुस्ती पहलवानीमा भारतका दिग्गज पहलवानहरु, नेपालका दिग्गज पहलवानहरुले सहभागीता जनाउनेछ । 

मनोरञ्जनात्मक तर्फ कलकलियावाली, रेबिका अधिकारीको स्टेज शो, पौराणिक नाचगान, फत्तेपुर ड्रामा लगायतका कार्यक्रमहरु समेत राखिएको छ । 


 

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 2%

होलीमा रँग लगाउन नदिएपछि आफ्नै साथीलाई घाँटी थिचेर हत्या

  • २०८१ माघ २५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । होलीमा रँग लगाउन नदिएपछि आफ्नै साथीलाई हत्या गरेका छन् । यो घटना छिमेकी मुलुक भारत राजस्थानको रहेको छ ।  राजस्थानको दौसा जिल्लास्थित राल्वास गाउँ बस्ने स्थानीय अशोक,

पूरा पढ्नुहोस्

Bureau Menus