धनुषाको खजुरीमा भव्य पँचवर्षिय झण्डा मेला लाग्दै, ७ दिनम्म लाग्नेछ मेला
प्रत्येक पाँच बर्षमा लगाइने सो मेला भव्य रुपमा लाग्दै आएको छ । मेला भर्नको लागि भारतबाट अधिक सँख्यामा आउने गरेका छन् । नेपाल भारत सीमा नजिकै रहेकोले भारतबाट श्रद्धालुहरु अधिक सँख्यामा आउने गरेका छन् ।

२०८१ माघ २५ शुक्रबार, बिहान १०:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा प्रत्येक पाँच बर्षमा लाग्दै आएको भव्य झण्डा मेला २०८१ आयोजन गरिएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी फिल्ड (परसाहा) मा आयोजन गरिएको मेला माघ २९ गतेदेखि विधिवत सुरु हुने आयोजक समितिले जनाएको छ ।
मेलाको लागि भारतसहित विभिन्न स्थानबाट रामहिलोरासहित अन्य मनोरञ्जनात्मक वस्तुहरुको सेटिँग समेत पूरा भएको समितिले जनाएको छ ।
प्रत्येक पाँच बर्षमा लगाइने सो मेला भव्य रुपमा लाग्दै आएको छ । मेला भर्नको लागि भारतबाट अधिक सँख्यामा आउने गरेका छन् । नेपाल भारत सीमा नजिकै रहेकोले भारतबाट श्रद्धालुहरु अधिक सँख्यामा आउने गरेका छन् ।
महावीर झण्डाको लागि मूर्तिको रँगरोगन सुरु गरिएको समितिका सुनिल पासवानले जानकारी दिए ।
२९ गतेदेखि सुरु हुने झण्डा मेला आगामी फागुन ६ गतेसम्म चल्ने जनाइएको छ । यसको लागि कुस्ती पहलवानीमा भारतका दिग्गज पहलवानहरु, नेपालका दिग्गज पहलवानहरुले सहभागीता जनाउनेछ ।
मनोरञ्जनात्मक तर्फ कलकलियावाली, रेबिका अधिकारीको स्टेज शो, पौराणिक नाचगान, फत्तेपुर ड्रामा लगायतका कार्यक्रमहरु समेत राखिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…