जनकपुरमा कवाडी व्यवासायी यादवलाई रड प्रहार, काठमान्डौँ रिफर, ५ जना पक्राउ 

२०८१ माघ २० आइतबार
रति ८:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ पिडारी चोकमा कवाड व्यवसायी मुकेश यादवलाई रडले निर्ममतापूर्वक एक समूहले कुटपिट गरेका छन् ।

कुटिएका यादव गम्भीर घाइते भएका हुन् । जनकपुरधाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुरर सिंहले घाइते यादवको उपचार ललितपुरको बी एण्ड बी अस्पतालमा भइरहेको जानकारी दिए ।

रडले यादवमाथि एक समूहले आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यादवमाथि रडले निर्ममतापूर्वक प्रहार गरिरहेको भिडिओमा देख्न सकिन्छ ।

डिएसपी सिंहका अनुसार घटना शनिवार दिउँसोको हो । यादव कवाड व्यवसायी हुन् । व्यावसायकै विषयमा छलफलको क्रममा विवाद भएपछि उनीमाथि आक्रमण गरिएको खुलेको छ ।

कुटपिटमा जनकपुरधाम १३ का फेकु साह, अमित साह, तुल्सी साह, सुभाष साह र भारत विहार राज्यको सितामढी विष्णुपुरका विकास साह संलग्न रहेको र उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले जानकारी दिए ।

  • 14%
  • 14%
  • 14%
  • 14%
  • 14%
  • 14%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ माघ २० आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus