सिरहाको भैरव पेट्रोल पम्पमा भारुको अनियमितता, ग्राहक मार्कामा
यस विषयमा सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको ग्राहकहरूको आरोप छ। स्थानीयवासीहरूले यस्ता अनियमितता तत्काल रोक्न माग गर्दै प्रशासनसँग न्यायको अपिल गरेका छन्।

२०८१ माघ १५ मंगलबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ कजरा चौकमा रहेको भैरव ट्रेडर्श पेट्रोल पम्पमा भारतीय रुपैयाँको विनिमय दरमा अनियमितता भएको पाइएको छ।
सरकारी नियमानुसार हाल १ भारतीय रुपैयाँ बराबर १.६० नेपाली रुपैयाँ हुनुपर्ने भए पनि सो पम्पले केवल १.५० मात्र लिने गरेको गुनासो ग्राहकहरूले गरेका थिए ।
सो पेट्रोल पम्पमा भा.रु. २०० लिएर पेट्रोल लिन जाँदा पम्पमा कार्यरत कामदारले २०० भारुको ३२० लिँदा साहुले तलब काटने बताए । उनले भने, “साहुले हाम्रो तलबबाट पैसा काट्छ भारु १०० को १५० मात्र लिनु भनी हामीलाई पम्पका साहुले नै निर्देश दिएका छ्न।”
ग्राहकहरूका अनुसार उक्त पेट्रोल पम्पले विनिमय दरमा कमी गराएर आफ्नो आर्थिक लाभ लिने गरेको छ। “सरकारी दरअनुसार रकम लिनुपर्ने हो, तर यहाँ आफूखुसी १.५० मात्र लिँदैछन्, एक स्थानीय ग्राहकले भने।
यस विषयमा सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको ग्राहकहरूको आरोप छ। स्थानीयवासीहरूले यस्ता अनियमितता तत्काल रोक्न माग गर्दै प्रशासनसँग न्यायको अपिल गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…