
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरी बहादुर ओलीले दुई पाँग्रे सवारी चालकहरुसँग “दुई मिनेट” सचेतना अभियान सुरु गरेका छन् ।
अत्यधिक चिसो बढेपछि हुन सक्ने सम्भावित दुर्घटनाबाट जोगाउन र समान्य दिनमा समेत दुर्घटना न्यूनिकरणको लागि ईन्सपेक्टर ओली आफैँ सडकमा उभिएर दुई पाँग्रे सवारी चालकहरुसँग “दुई मिनेट” सचेतना अभियान चलाएको हो ।
दुर्घटनाका हिसाबले उच्च जोखिमा रहेका दुई पाङ्ग्रे सवारीलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका बिषयमा यात्रुहरुलाई दुई पाँग्रे सवारीको जानकारीसहित चलाउने विधि, लेन अनुशासनहरुको बारेमा सानो जानकारी प्रदान गरिएको ईन्पेक्टर ओलीले बताए ।
दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी प्रमुख ओलीले थपे ।
विदेह नगरपालिकाका हाकिमको मानसिक सन्तुलन बिग्रियो : कर्मचारीहरु
- २०८१ माघ १५ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई अँकित गर्दै सो नगरपालिकामा काम गर्ने कर्मचारीहरुले उनको मानसिक अवस्था बिग्रेको बताएका छन् । कर्मचारीहरुले एक विज्ञप्ति जारी
पूरा पढ्नुहोस्