धनुषाका दुईपाँग्रे सवारी चालकहरुसँग ट्राफिक ईन्पेक्टर ओलीको 'दुई मिनेट' अभियान
दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी प्रमुख ओलीले थपे ।

२०८१ माघ १५ मंगलबार, बिहान ११:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरी बहादुर ओलीले दुई पाँग्रे सवारी चालकहरुसँग “दुई मिनेट” सचेतना अभियान सुरु गरेका छन् ।
अत्यधिक चिसो बढेपछि हुन सक्ने सम्भावित दुर्घटनाबाट जोगाउन र समान्य दिनमा समेत दुर्घटना न्यूनिकरणको लागि ईन्सपेक्टर ओली आफैँ सडकमा उभिएर दुई पाँग्रे सवारी चालकहरुसँग “दुई मिनेट” सचेतना अभियान चलाएको हो ।
दुर्घटनाका हिसाबले उच्च जोखिमा रहेका दुई पाङ्ग्रे सवारीलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका बिषयमा यात्रुहरुलाई दुई पाँग्रे सवारीको जानकारीसहित चलाउने विधि, लेन अनुशासनहरुको बारेमा सानो जानकारी प्रदान गरिएको ईन्पेक्टर ओलीले बताए ।
दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी प्रमुख ओलीले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…