न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा नगर प्रहरीको लागि भर्ना प्रक्रिया सुरु गरेको छ ।
स्थानीय सरकार गठन भएको झण्डै ७ बर्षपछि कमला नगरपालिकाले नगर प्रहरी राख्ने निर्णय गरेको हो । नगर प्रहरीको भर्नाको लागि पालिकाले सुरुवाती प्रक्रियाहरु सुरु गरेको छ ।
आईतबार कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार मिश्रद्धारा जारी गरिएको सूचनामा कमला नगरपालिकाको लागि एक जना सई, एक जना हबल्दार, तीन जना पुरुष जवान र दुई जना महिला जवान माग गरिएको हो ।
नगरपालिकाले विभिन्न शर्तहरु लागू हुने गरी नगर प्रहरी कर्मचारी माग गरेको हो । सईको लागि आवेदन दस्तुर ७०० रुपैयाँ राखिएको छ । हबल्दारको लागि दस्तुर ५०० रुपैयाँ तथा जवानको लागि ४०० रुपैयाँ दस्तुर तोकिएको हो ।
नगरपालिकाले एनआईसी एसिया बैँकको खाता नम्बर सार्वजनिक गर्दै जम्मा गरी विधिपूर्वक आवेदन भर्न माग गरेको हो ।
नगर प्रहरीको लागि निम्नलिखित सूचना र शर्तहरु:


धनुषा हँसपुरको नयाँ अधिकृतमा ओम प्रकाश महतो, प्रशासनिक बेतिथि हटाउने प्रतिवद्धता
- २०८१ माघ १३ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको नयाँ अधिकृतमा उपसचिव ओम प्रकाश महतो (साह) कार्यभार सम्हालेका छन् । सोमबार एक कार्यक्रमबीच अधिकृत महतो हाजिर भएका हुन् । सोमबार दिउँसो उनलाई नगर
पूरा पढ्नुहोस्







