धनुषाको कमला नगरपालिकाले माग गरे नगर प्रहरी, भर्ना प्रक्रिया सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा नगर प्रहरीको लागि भर्ना प्रक्रिया सुरु गरेको छ । स्थानीय सरकार गठन भएको झण्डै ७ बर्षपछि कमला नगरपालिकाले नगर प्रहरी राख्ने निर्णय गरेको हो । नगर प्रहरीको भर्नाको लागि पालिकाले सुरुवाती प्रक्रियाहरु सुरु गरेको छ । आईतबार कमला नगरपालिकाका प्रमु

२०८१ माघ १३ आइतबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा नगर प्रहरीको लागि भर्ना प्रक्रिया सुरु गरेको छ ।
स्थानीय सरकार गठन भएको झण्डै ७ बर्षपछि कमला नगरपालिकाले नगर प्रहरी राख्ने निर्णय गरेको हो । नगर प्रहरीको भर्नाको लागि पालिकाले सुरुवाती प्रक्रियाहरु सुरु गरेको छ ।
आईतबार कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार मिश्रद्धारा जारी गरिएको सूचनामा कमला नगरपालिकाको लागि एक जना सई, एक जना हबल्दार, तीन जना पुरुष जवान र दुई जना महिला जवान माग गरिएको हो ।
नगरपालिकाले विभिन्न शर्तहरु लागू हुने गरी नगर प्रहरी कर्मचारी माग गरेको हो । सईको लागि आवेदन दस्तुर ७०० रुपैयाँ राखिएको छ । हबल्दारको लागि दस्तुर ५०० रुपैयाँ तथा जवानको लागि ४०० रुपैयाँ दस्तुर तोकिएको हो ।
नगरपालिकाले एनआईसी एसिया बैँकको खाता नम्बर सार्वजनिक गर्दै जम्मा गरी विधिपूर्वक आवेदन भर्न माग गरेको हो ।
नगर प्रहरीको लागि निम्नलिखित सूचना र शर्तहरु:


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…