धनुषामा लाठी प्रहार गरी आफ्नै श्रीमतिको हत्या !
समान्य विवाद हुँदा श्रीमतिको टाउकोमा लाठी प्रहार गरी मारेको स्थानीयहरुले बताएका छन् । देवलाल यसअघि पनि गैर समाजिक गतिविधि गर्दै आएका थिए । उनको मानसिक अवस्था समान्य नभएको स्थानीयहरु बताउँछन् ।

२०८१ माघ १३ आइतबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आफ्नै श्रीमानले लाठी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।
शनिबार राती धनुषाको धनुषाधम नगरपालिका वडा नम्बर ५ दक्षिनबारी टोल पर्वता स्थानीय बस्ने राम शोगारथ ठाकुरको छोरा अन्दाजी ३३ वर्षको देवलाल ठाकुरले आफ्नै श्रीमतिको हत्या गरेको हो ।
समान्य विवाद हुँदा श्रीमतिको टाउकोमा लाठी प्रहार गरी मारेको स्थानीयहरुले बताएका छन् । देवलाल यसअघि पनि गैर समाजिक गतिविधि गर्दै आएका थिए । उनको मानसिक अवस्था समान्य नभएको
स्थानीयहरु बताउँछन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी बर्ष २९ की सँगीता ठाकुरलाई लाठी प्रहार गरी हत्या गरेको हो ।
देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…