उम्लिएको दुधले नुहाउँदै मुसहर समुदायको भूँईया पूजा सम्पन्न 

२०८१ माघ ११ शुक्रबार
बेलुकी ७:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा तातो दुधले नुहाउँदै मुसहर समुदायले भूँईया पूजा मनाएको छ । 

महोत्तरीको मटिहानी नगरपालिका वड़ा नम्बर ४ मझौरा स्थित मुसहर समुदायको कुल देवता भुइँया बाबाको पूजा गरिएको हो । 

हरेक ५ वर्षमा हुने विधिवत पूजा शुक्रबार मुसहर समुदायले पाराम्पारिक हिन्दु शास्त्र अनुसार मनाएको हो । यसपाली भुइँया बाबाको प्रतिकको रुपमा अन्दाजी ६ वर्षका रोहन र रबी दुई बालक रहेको थियो । उनीहरु उम्लिएको दुधले नुहाएको थियो ।

तराईमा बस्ने दलित समुदाय भित्रको मुसहर समुदायमा उम्लिरहेको दुधमा नुहाउने संस्कृति चलिरहेको छ । मुुुसहर समुदायको कुलदेवता दिनाभद्रीकै अर्को नाम ‘भुईया’ महाराज रहेको छ । 

मुसहर समुदायका बालकहरु उम्लिरहेको दुधमा नुहाउनु विज्ञानभन्दा पनि धर्म सँस्कृतिप्रतिको विश्वास रहेको बताउँछन् । पूर्वजहरुले परापूर्वकालदेखि गर्दै आएको यस्ता परम्परामा सनातनी शक्तिको प्रतिक मानिन्छन् । यद्यपी, यसलाई विज्ञान भन्दै झूठा र मिथ्या बताउनेहरुको कमि छैनन् । 

  • 21%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८१ माघ ११ शुक्रबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus