उम्लिएको दुधले नुहाउँदै मुसहर समुदायको भूँईया पूजा सम्पन्न
मुसहर समुदायका बालकहरु उम्लिरहेको दुधमा नुहाउनु विज्ञानभन्दा पनि धर्म सँस्कृतिप्रतिको विश्वास रहेको बताउँछन् । पूर्वजहरुले परापूर्वकालदेखि गर्दै आएको यस्ता परम्परामा सनातनी शक्तिको प्रतिक मानिन्छन् । यद्यपी, यसलाई विज्ञान भन्दै झूठा र मिथ्या बताउनेहरुको कमि छैनन् ।

२०८१ माघ ११ शुक्रबार, बेलुकी ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा तातो दुधले नुहाउँदै मुसहर समुदायले भूँईया पूजा मनाएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका वड़ा नम्बर ४ मझौरा स्थित मुसहर समुदायको कुल देवता भुइँया बाबाको पूजा गरिएको हो ।
हरेक ५ वर्षमा हुने विधिवत पूजा शुक्रबार मुसहर समुदायले पाराम्पारिक हिन्दु शास्त्र अनुसार मनाएको हो । यसपाली भुइँया बाबाको प्रतिकको रुपमा अन्दाजी ६ वर्षका रोहन र रबी दुई बालक रहेको थियो । उनीहरु उम्लिएको दुधले नुहाएको थियो ।
तराईमा बस्ने दलित समुदाय भित्रको मुसहर समुदायमा उम्लिरहेको दुधमा नुहाउने संस्कृति चलिरहेको छ । मुुुसहर समुदायको कुलदेवता दिनाभद्रीकै अर्को नाम ‘भुईया’ महाराज रहेको छ ।
मुसहर समुदायका बालकहरु उम्लिरहेको दुधमा नुहाउनु विज्ञानभन्दा पनि धर्म सँस्कृतिप्रतिको विश्वास रहेको बताउँछन् । पूर्वजहरुले परापूर्वकालदेखि गर्दै आएको यस्ता परम्परामा सनातनी शक्तिको प्रतिक मानिन्छन् । यद्यपी, यसलाई विज्ञान भन्दै झूठा र मिथ्या बताउनेहरुको कमि छैनन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…