सिरहामा ५ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ 

२०८१ माघ १० बिहीबार
बेलुकी ७:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । 

सिरहाको सिरहा नगरपालिका वडा नम्बर १७ माडरस्थितबाट भारतबाट आउँदै गर्दा चेकजाँचको क्रममा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ बस्ने हृदय सिँहको साथबाट ५ ग्राम बढी ब्राउन सुगर बरामद भएको हो । 

भन्सार गेट छेउ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले भारतको जयनगरबाट माडरतर्फ आउदै गरेको प्रदेश ३–०३–००१ प ९८३६ नम्बरको मोटरसाईकल माथि शंका लागि चेकजाँच गर्दा सो तौल बराबरको ब्राउन सुगर बरामद भएको हो । 

ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ५ ग्राम २०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले  जनाएको छ । 

सिँहको साथै सोही मोटरसाईकल पछाडी सवार जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष २२ को धर्मेन्द्र यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको सिरहाका प्रहरी प्रवक्ता बीरेन्द्र पासवानले जानकारी दिए । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 50%
  • 0%

प्रदेशलाई साक्षर बनाउन विश्वविद्यालयका स्वयँसेवी विद्यार्थी परिचालन गरिनेः मुख्यमन्त्री सिँह

  • २०८१ माघ १० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ ।  मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी

पूरा पढ्नुहोस्

Bureau Menus