सिरहामा ५ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ
सिँहको साथै सोही मोटरसाईकल पछाडी सवार जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष २२ को धर्मेन्द्र यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको सिरहाका प्रहरी प्रवक्ता बीरेन्द्र पासवानले जानकारी दिए ।

२०८१ माघ १० बिहीबार, बेलुकी ७:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
सिरहाको सिरहा नगरपालिका वडा नम्बर १७ माडरस्थितबाट भारतबाट आउँदै गर्दा चेकजाँचको क्रममा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ बस्ने हृदय सिँहको साथबाट ५ ग्राम बढी ब्राउन सुगर बरामद भएको हो ।
भन्सार गेट छेउ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले भारतको जयनगरबाट माडरतर्फ आउदै गरेको प्रदेश ३–०३–००१ प ९८३६ नम्बरको मोटरसाईकल माथि शंका लागि चेकजाँच गर्दा सो तौल बराबरको ब्राउन सुगर बरामद भएको हो ।
ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ५ ग्राम २०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिँहको साथै सोही मोटरसाईकल पछाडी सवार जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष २२ को धर्मेन्द्र यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको सिरहाका प्रहरी प्रवक्ता बीरेन्द्र पासवानले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…