जनकपुर र धनुषाधाम नगरपालिकाभित्रका विद्यालयहरु बन्द
धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दासद्धारा जारी गरिएको सूचनामा १३ गतेसम्म बन्द भई १४ गतेदेखि पुनः विद्यालय सँचालनमा आउने उल्लेख छ । अत्यधिक चिसोको कारण बालबालिकाहरुमा पर्न सक्ने स्वास्थ्य प्रतिकूल असरलाई मध्यनजर गर्दै विदाको निर्णय गरेको अधिकृत दासले जानकारी दिए ।

२०८१ माघ १० बिहीबार, बेलुकी ६:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका र धनुषाधाम नगरपालिकाको विद्यालयहरु आजदेखि बन्द भएको छ ।
अत्यधिक चिसो बढेपछि जनकपुरधाम उपमहानगर र धनुषाधाम नगरपालिकाले आगामी १३ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको हो ।
दुवै स्थानीय तहले विहिबारदेखि आगामी माघ १३ गतेसम्म बन्द रहने तथा १४ गतेदेखि पुनः विद्यालय पूर्ववत सँचालनमा आउने सूचना जारी गरेको हो ।
धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दासद्धारा जारी गरिएको सूचनामा १३ गतेसम्म बन्द भई १४ गतेदेखि पुनः विद्यालय सँचालनमा आउने उल्लेख छ ।
अत्यधिक चिसोको कारण बालबालिकाहरुमा पर्न सक्ने स्वास्थ्य प्रतिकूल असरलाई मध्यनजर गर्दै विदाको निर्णय गरेको अधिकृत दासले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…