धनुषाको दिगम्बरस्थित पोखरीमा युवकको लास फेला
स्थानीयले दिएको जानकारी अनुसार चारपाँच दिनदेखि हराईरहेका महराको शव दिगम्वरपुर मा.वि. स्कुल नजिकै रहेको पोखरीमा फेला परेको हो । बिहानै पोखरीमा शव तैरीरहेको देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेको थियो ।

२०८१ माघ ९ बुधबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा पोखरीमा एक युवकको लास फेला परेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्वरपुरस्थित पोखरीमा बुधबार बिहान एक युवकको लास फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार, स्थानीय गगनदेव महराको करिव २१ वर्षीय छोरा आँसु महराको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो।
पोखरीबाट लास निकालेर पोष्टमार्टमका लागि पठाएको र थप छानविन भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
स्थानीयले दिएको जानकारी अनुसार चारपाँच दिनदेखि हराईरहेका महराको शव दिगम्वरपुर मा.वि. स्कुल नजिकै रहेको पोखरीमा फेला परेको हो । बिहानै पोखरीमा शव तैरीरहेको देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…