महोत्तरीमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा युवकको लास फेला
प्रहरी उपरीक्षक पोखरेलकै नेतृत्वको टोली घटनास्थल पुगी सर्जमिन मुचुल्का गर्नुका साथै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण पछि दिइने प्रहरी उपरीक्षक पोखरेलले बताए ।

२०८१ माघ ८ मंगलबार, राति ८:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा हत्या गरि फालिएको अवस्थामा एक युवकको लास भेटिएको छ ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा मँगलबार लास भेटिएको हो ।
तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका वडा नम्बर १ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
प्रहरी उपरीक्षक पोखरेलकै नेतृत्वको टोली घटनास्थल पुगी सर्जमिन मुचुल्का गर्नुका साथै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण पछि दिइने प्रहरी उपरीक्षक पोखरेलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…