रौतहटमा प्रहरी र अपराधिक समूहबीच भिडन्त, एकलाई ढाले
न्यूज ब्यूरो | रौतहट, १५ असार । गएराती रौतहटमा नेपाल प्रहरी र अपराधिक समूहबीच दोहोर भिडन्त भएको छ । भिडन्तको क्रममा अपराधिक समूहका एक जनालाई प्रहरीले ढालेका छन् । रौतहटको राजदेवी नगरपालिका स्थित बागमती खोला किनारमा बिहीबार मध्य राति अपराधीक समूह र प्रहरी विच दोहरो गोली हानाहान भएको खण्डमा प्रहरीको ग

२०७५ असार १५ शुक्रबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
रौतहट, १५ असार । गएराती रौतहटमा नेपाल प्रहरी र अपराधिक समूहबीच दोहोर भिडन्त भएको छ ।
भिडन्तको क्रममा अपराधिक समूहका एक जनालाई प्रहरीले ढालेका छन् । रौतहटको राजदेवी नगरपालिका स्थित बागमती खोला किनारमा बिहीबार मध्य राति अपराधीक समूह र प्रहरी विच दोहरो गोली हानाहान भएको खण्डमा प्रहरीको गोली लागि एकको मृत्यु भएको हो ।
उक्त अपराधिक समूहका तीन जनाले अनटेस्ट मोटरसाइकलमा सवार मध्ये दोहोरो भिडन्तमा एक ढलेपनि अन्य दुई जना भने भारततिर भागेको प्रहरीले जनाएको छ ।
"त्यो क्षेत्रमा हामीले कडा गस्ती राखेका छौँ, नयाँ मान्छे, नयाँ अनुहार पनि देखियो । हाम्रो प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको थियो । चेकजाँचकै क्रममा अनटेस्ट मोटरसाईकलमा उनीहरु आएको थियो । चेकप्वाइन्ट भन्दा केही पर पुगेर उनीहरुले प्रहरीमाथि फायर गर्न थाल्यो । हामीले पनि जवाफी फायरिँग गरयौ र एक जना ढल्यो ।" रौतहटका प्रहरी नायव उपरीक्षक डिएसपी राम कुमार दामीले न्यूज ब्यूरोसँग भने ।
मृतकको सनाखत हुन सकेको छैन भने अन्दाजी बर्ष २६ २७ को रहेको जनाइएको छ ।
सो घटनास्थलबाट एक थान हतियार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…