कमला नगरपालिकामा आज शोक विदा
आज कमला नगरपालिकाको कार्यालय सहित नगरभित्रका सरकारी अड्डाहरु आज बन्द रहने भएको छ । विद्यालयहरु समेत छुट्टी रहने भएको छ ।

२०८१ माघ ८ मंगलबार, बिहान ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा आज एक दिने शोक विदा दिईएको छ ।
कमला नगरपालिका वडा नम्बर ६ का कार्यपालिका सदस्य महेश ठाकुर हजामको अल्पायूमै निधन भएको भन्दै आज मँगलबार नगरपालिकामा शोक विदा दिएको हो ।
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद यादवले एक सूचना जारी गर्दै हजामको असमायिक निधनले एक दिने शोक विदा दिएको जनाएको छ ।
आज कमला नगरपालिकाको कार्यालय सहित नगरभित्रका सरकारी अड्डाहरु आज बन्द रहने भएको छ । विद्यालयहरु समेत छुट्टी रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…