एक महिने मकर मेलाको १३ लाख रुपैयाँमा ठेक्का, आईतबारदेखि माघ महिनाभरि मेला
धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित प्रत्येक बर्ष धनुष जनता माध्यमिक विद्यालयको प्राङ्गणमा मकर मेलाको आयोजना हुँदै आएको छ । विद्यालय प्राँगनसहित बजार, नगरपालिकाको जग्गामा समेत मेला लाग्दै आएको छ ।

२०८१ माघ ३ बिहीबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष धनुषामा लाग्ने मकर मेलाको तयारी पूर्णरुपमा गरिएको छ । आउँदो आईतबारदेखि लाग्ने मेलाको लागि यसपाली करिब १३ लाख रुपैयाँमा ठेक्का लगाइएको छ ।
विहिबार बसेको सर्व पक्षीय बैठकबाट प्रत्येक बर्ष आयोजन हुँदै आएको भव्य मकर मेलाको लागि यसपाली १२ लाख ७० हजार रुपैयाँमा ठेक्कापट्टा गरिएको हो । सो ठेक्का यसपाली धनुषधाम नगरपालिका वडा नम्बर १ बस्ने स्थानीय दिपक साहले पारेको हो ।
प्रत्येक बर्ष मेलाको लागि टेण्डर मार्फत ठेक्का लाग्दै आएकोमा सबभन्दा बढी दिपक साहले तिर्ने सम्झौता भएको हो । मेला व्यवस्थापनको लागि साहले १२ लाख ७० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित प्रत्येक बर्ष धनुष जनता माध्यमिक विद्यालयको प्राङ्गणमा मकर मेलाको आयोजना हुँदै आएको छ । विद्यालय प्राँगनसहित बजार, नगरपालिकाको जग्गामा समेत मेला लाग्दै आएको छ ।
विहिबार वडा अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न प्रतिनिधि, नागरिक अगुवा, र स्थानीय नेताहरूको उपस्थितिमा मेला व्यवस्थापनका लागि ४९ सदस्यीय व्यवस्थापन समिति समेत गठन गरिएको हो।
समितिको संयोजक सुनिल यादवलाई बनाइएको छ । मेलामा करोडौँको व्यापार हुँदै आएको छ । सबभन्दा बढी मेलामा तेजपत्रको व्यापार हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…