वैदेशिक रोजगारीलाई शोषणरहित बनाउन धनुषा प्रहरीको पहल
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको विशेष उपस्थितिमा सामीका प्रतिनीधिले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत अधिकारीहरुलाई अभिमुखिकरणसहित अन्तरक्रिया गरेको हो । अन्तरक्रियापछि वैदेशिक रोजगारीको प्रक्रियाको क्रममा हुने शोषण, ठगीको सन्दर्भमा जानकारी गराइएको हो ।

२०८१ पुस २५ बिहीबार, राति ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले वैदेशिक रोजगारीमा जानेलाई शोषणरहित बनाउन अन्तरक्रिया गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको सभाहलमा सुरक्षित आप्रवासशन (सामी) परियोजना अन्तर्गत प्रहरीहरुलाई सो सम्बन्धी अन्तरक्रिया गरेको हो ।
धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीको विशेष रोहबरमा वैदेशिक रोजगारीमा जाने व्यक्तिले एजेन्ट, सँस्थाबाट शोषण हुनुपरेको मुद्दाहरु आउन थालेपछि प्रहरीलाई यस सम्बन्धी अन्तरक्रिया गरेको हो ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको विशेष उपस्थितिमा सामीका प्रतिनीधिले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत अधिकारीहरुलाई अभिमुखिकरणसहित अन्तरक्रिया गरेको हो । अन्तरक्रियापछि वैदेशिक रोजगारीको प्रक्रियाको क्रममा हुने शोषण, ठगीको सन्दर्भमा जानकारी गराइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…