धनुषाको कमला नगरपालिकाको विद्यालयहरु एक हप्ताको लागि बन्द
कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमित कुमार जयशवालका अनुसार अत्यधिक चिसो बढेपछि नगरभित्रका विद्यालयहरु बन्द गरिएको हो । माघ १ गते सार्वजनिक विदा पर्न गएपछि माघ २ गतेदेखि विद्यालय संचालनको लागि सबै विद्यालयका प्रमुखहरुलाई पत्राचार गरिसकेको जानकारी दिए ।

२०८१ पुस २४ बुधबार, बेलुकी ५:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाभित्रका विद्यालयहरु एक साताको लागि बन्द गरिएको छ ।
तराई मधेशमा चिसो बढेपछि बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै जाडो विदा दिइएको हो । कमला नगरपालिकाले जारी गरेको सूचनामा पुस २४ गतेदेखि माघ १ गतेसम्म नगरभित्रका समुदायिक तथा सँस्थागत विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।
कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमित कुमार जयशवालका अनुसार अत्यधिक चिसो बढेपछि नगरभित्रका विद्यालयहरु बन्द गरिएको हो । माघ १ गते सार्वजनिक विदा पर्न गएपछि माघ २ गतेदेखि विद्यालय संचालनको लागि सबै विद्यालयका प्रमुखहरुलाई पत्राचार गरिसकेको जानकारी दिए ।
शितलहर बढेपछि बालबालिकाहरुलाई विद्यालय जान कठिन हुने तथा स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै विद्यालय एक साताको लागि विदा गर्ने निर्णय भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…