धनुषाको कमला नगरपालिकास्थित दुई घरमा आगलगी, गाईगोठ र पराल जलेर नष्ट 

२०८१ पौष १८ बिहीबार
बिहान १०:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैया टोलस्थित आगलगी हुँदा लाख बढीको धनमाल जलेर नष्ट भएको छ । 

आज बिहान करिब ५ बजेको समयमा माचि झिटकैयाको दक्षिणबारीटोलस्थित स्थानीय रामपुकार यादव र गोपाल यादवको घरमा आगलगी भएको हो । रामपुकारको गाईगोठ जलेको छ भने गोपालको २ विघाको पराल जलेर ध्वस्त भएको छ । 

गाई गोठमा बालेको घुँर (आगो) बाट भित्र बाँधिएका गाईवस्तुले उक्साएपछि आगो लागेको बताईन्छ । घुँरसम्म गाईवस्तुको पहुँच भएपछि खुट्टाले आगो उछिटिएर आगो लागेको पीडित गोपाल यादवले बताए । रामपुकारको गाईगोठबाट सुरु भएको आगो सँगै रहेको गोपालको परालको कुन्यूमा लागेपछि विस्तार भएको थियो । 

स्थानीयहरु र नगरपालिकाको जेसिबीले आगो नियन्त्रणमा लिएको हो । उनीहरुको करिब ४ लाख बढीको क्षति भएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 60%
  • 20%
  • 20%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८१ पौष १८ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus