जनकपुरमा बिहानै एक पुरुषको शव फेला
शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । घटना स्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ, उनले भने । एता, स्थानीयहरुले राती मापसे गरेर केही व्यक्तिले होहल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहु मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए ।

२०८१ पुस ५ शुक्रबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा विहानै एक जना पुरुषको शव फेला परेको छ ।
जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ । अन्दाजि ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।
शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । घटना स्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ, उनले भने । एता, स्थानीयहरुले राती मापसे गरेर केही व्यक्तिले होहल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहु मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए ।
घटना सम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…