जनकपुरः आधा जलेको अवस्थामा बोराभित्र लास फेला
शवको प्रकृति हेर्दा हत्या गरी फालिएको हुन सक्ने अनुमान गरिएको छ । बोरा जलेपछि मृतकको खुट्टा बाहिर देखिएपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएको थियो । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने शव मुचुल्का गरी पोष्टमार्टमको लागि पठाउने तयारी गरिएको छ । शवको सनाखत भने हुन सकेको छैनन् ।

२०८१ पुस ४ बिहीबार, दिउँसो ४:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आधा जलेको अवस्थामा बोराभित्र मानिसको शव फेला परेको छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पर्शुराम तलाउस्थित बोरा बाँधेर फालिएको अवस्थामा शव बरामद भएको हो ।
बोराको चारैतर्फ आगो जलिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । पर्शुराम तलाउस्थित रहेको नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा हत्या गरी फालिएको हुन सक्ने अनुमान गरिएको छ । बोरा जलेपछि मृतकको खुट्टा बाहिर देखिएपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएको थियो ।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने शव मुचुल्का गरी पोष्टमार्टमको लागि पठाउने तयारी गरिएको छ । शवको सनाखत भने हुन सकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…