ट्याक्टरले ठक्कर दिँदा स्वः पत्रकार रोहिताको बुवा गम्भिर
रोहिताको हात र खुट्टामा गम्भीर चोट लागेको छ । सडकमा हिँडिरहेका रोहितालाई ट्रयाक्टर चालक स्थानीय भुल्ला भन्ने शैलेन्द्र रोहिताले ठक्कर दिएको परिवारजनले जनाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैतका अनुसार, रोहिताको गम्भीर रोहिताको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

२०८१ पुस १ सोमबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ट्रयाक्टरले ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ बिसरभोरा टोलस्थित ट्राक्टरको ठक्करबाट स्वर्गीय पत्रकार शिवेन्द्र रोहिताको बुवा गम्भिर घाईते भएका हुन् ।
उत्तर दक्षिणको गाउँले सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ज.१ त. ९९५४ नम्बरको ट्रयाक्टरले स्वः पत्रकार रोहिताका बुवा स्थानीय ५० वर्षीय सत्यदेव रोहितालाई सोमबार अपरान्ह ५ बजे ठक्कर दिएको हो ।
रोहिताको हात र खुट्टामा गम्भीर चोट लागेको छ । सडकमा हिँडिरहेका रोहितालाई ट्रयाक्टर चालक स्थानीय भुल्ला भन्ने शैलेन्द्र रोहिताले ठक्कर दिएको परिवारजनले जनाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैतका अनुसार, रोहिताको गम्भीर रोहिताको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
रोहितालाई ठक्कर दिने टेक्कटर चालक शैलेन्द्र रोहिता भुला फरार रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…