कमला नदीको कुम्भ रामघाटमा यी युवाहरुले बनाए काठेपुल

२०८१ मङ्सिर १५ शनिबार
बेलुकी ७:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुुरधाम । कमला पुल भाँसिएको ३ बर्ष बढी भएपनि पूल निर्माण हुन नसक्दा आम नागरिकलाई सास्ती भोग्नु परेको छ । 

भत्केको कमला पूलस्थित काठेपुल निर्माण भएपनि पूर्वी धनुषाको अन्य ठाउँबाट आवतजावत सहज बनाउन शहिदनगरको रामघाटमा काठेपुल निर्माण गरिएको छ । 

शहिदनगर नगरपालिका वडा नम्बर १ कुभ्म घाट, रामघाटमा स्थानीय युवाहरुले काठेपुल निर्माण गरी आवतजावत सहज बनाएको हो । सिरहातर्फ जानको लागि शहिदनगरबाट हुलाकीसम्म जान टाढा पर्ने गरेको छ । सोही समस्यालाई मध्यनजर गर्दै रामघाटस्थित समेत काठेपुल निर्माण गरिएको हो । 

विगत एकसातादेखि स्थानीय युवाहरु एकजुट भई सो पूल निर्माण गरेका हुन् । स्थानीय मनोज कुमार यादवको आर्थिक सहयोग तथा स्थानीय युवाहरुको श्रम सहयोगबाट पूल निर्माण गरिएको हो । 

धनुषा कमला रामघाट र सिरहा चिकना जोड़ने कमला नदीमा  पुल निर्माण कार्य सम्पन गर्नको लागि स्थानीय दयाराम, शम्भु, राकेश, शिव शरण मोन्हा, मनोज , लालु, पवन, सरोज, विजय, सन्जन, लक्ष्मीश्वर ,बिजय कुमार र जित नारायण लगायतका युवाहरुले सहयोग गरेका हुन् । 

  • 60%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यौन दुरव्यवहारमा परेकी महिला आफ्नो घरमा मृत भेटिइन, महिनौदेखि थिइन टेन्सनमा !

  • २०८१ मङ्सिर १५ शनिबार

न्यूज ब्यूरो, सिरहा । आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएकी छिन् ।  चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा

पूरा पढ्नुहोस्

Bureau Menus