धनुषाको एक उद्योग र घरमा आगलगी, लाखौँको समान जलेर ध्वस्त
आगो विद्युत सर्टका कारण लगेको हुन सक्ने अनुमान गरिएको छ । बारुणयन्त्रका साथै महेन्द्रनगरको नेपाल आर्मी र विशेष सुरक्षा बल ढल्केवर टोलीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

२०८१ मंसिर १२ बुधबार, बिहान ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती आगलगी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ ।
बटेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित राम कुमार महतो (कन्छा) ले सञ्चालन गरेको कुशवाहा टपरी उद्योगमा मंगलवार राति आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
उद्योग घरमै संचालित थियो । आगो लागदा उद्योग तथा घरका सम्पूर्ण सम्मान जलेर नष्ट भएको हो । अन्दाजी ३५/४० लाखको हराहरीमा क्षति भएको जनाइएको छ।
आगो विद्युत सर्टका कारण लगेको हुन सक्ने अनुमान गरिएको छ । बारुणयन्त्रका साथै महेन्द्रनगरको नेपाल आर्मी र विशेष सुरक्षा बल ढल्केवर टोलीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…