विवाहपँचमीः सीताको मटकोर कमला नदीमा हुने, हुलाकी सडक हुँदै रथयात्रा कमला जाने

२०८१ मङ्सिर ८ शनिबार
बिहान १०:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष जनकपुरमा मनाइने विवाहपँचमी महोत्सव अन्तर्गतको मटकोर कार्यक्रम यसपाली पनि कमला नदीमा हुने भएको छ । 

पौराणिक कालममा जगत जननी सीताको वैवाहिक कार्यक्रम अन्तर्गत मटकोरको लागि ऐतिहासिक एवम् धार्मिक नदी कमलामा मटकोर गरेको किम्बदन्ती अनुसार मटकोर कमला नदीमा हुने भएको छ । 

जनकपुरको सुन्दर सदन, अग्नीकुण्ड मन्दिरबाट शोभायात्रासहित सीताको मटकोरको लागि कमला नदी जाने भएको छ । मँसिर २० गते विहिबार जनकपुरको कदमचोक हुँदै कपिलेश्वर, देउरी परवाहा, औरही, तिनकोरिया, सराबे, माचि झिटकैया, लगमा हुँदै दुबरकोट हथलेटवा भई सिंग्याही मडान कुम्भ घाटमा मटकोर हुने कार्यक्रम तय गरिएको ।

कमला बचाउ अभियानको सहकार्यमा हुने लागेको मटकोर कार्यक्रममा सहभागी हुने श्रद्धालुहरुलाई आग्रह गरिएको छ । हुलाकी सडकबाट जाने मटकोरको रथ यात्रामा ठाउँ ठाउँमा स्वागत गर्न आग्रह कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले गरेका छन् । 

 
  • 25%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०८१ मङ्सिर ८ शनिबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus