आज जानकी मन्दिरमा सामा-चकेवा खेल प्रतियोगिता हुँदै
पारम्पारिक सामा चकेवा खेललाई जीवन्त राख्न र सँस्कृति विकासको लागि प्रथम पटक सामा चकेवा खेल प्रतियोगिता गराउन लागेको चौधरीले बताए । मधेश र मिथिलाको धरोहरलाई जीवन्त राख्नको लागि यहाँका बहिनीहरुले खेल्ने सामा चकेवा प्रतियोगिता गराउन लागिएको हो ।

२०८१ कार्तिक २९ बिहीबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मैथिलि विकास कोषद्धारा जनकपुरको जानकी मन्दिरमा सामा चकेवा खेल प्रतियोगिता हुने भएको छ ।
आज (विहिबार) साँझ ४ बजेदेखि जानकी मन्दिरको प्राँगनमा सामा चकेवा खेल प्रतियोगिता हुने मैथिलि विकास कोषका जीवनाथ चौधरीले जानकारी दिए ।
पारम्पारिक सामा चकेवा खेललाई जीवन्त राख्न र सँस्कृति विकासको लागि प्रथम पटक सामा चकेवा खेल प्रतियोगिता गराउन लागेको चौधरीले बताए । मधेश र मिथिलाको धरोहरलाई जीवन्त राख्नको लागि यहाँका बहिनीहरुले खेल्ने सामा चकेवा प्रतियोगिता गराउन लागिएको हो ।
साँझ ४ बजेदेखि सामा चकेवा प्रतियोगिता कार्यक्रम सुरु हुने जनाइएको छ । यद्यपी, जानकी मन्दिर प्राँगनमा जानकी मन्दिर बाहेकका अन्य कार्यक्रमहरु प्रशासनले निषेध गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…