खेतमा लगाएको करेन्ट लागेर एक किशोरीको मृत्यू, एक घाईते, खेतधनी फरार !
बिहारी महतोकी अन्दाजी बर्ष १२ की छोरी करिना महतो रहेकी छन् । उनलाई बचाउन खोज्दा सोही ठाउँ बस्ने बर्ष १४ की बिभा कुमारी महतो घाईते भएकी हुन् । करिनालाई बचाउने क्रममा राजकरण महतोकी १४ बर्षिय छोरी बिभा घाईते भएकी हुन् । मृतक करिनाको शव पोष्टमार्टमको लागि बर्दिवास अस्पताल लगिएको छ भने घाईते बिभाको उपचारपछि घर फर्किएको जनाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यता, खेतधनी विनोद महतो फरार भएका छन् ।

२०८१ कार्तिक २ शुक्रबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा खेतमा लगाएको नाँगो तारमा करेन्ट लागेर एक किशोरीको मृत्यू भएको छ भने अर्का एक जना घाईते भएकी छन् ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ३ पचाईन टोलस्थित बस्ने स्थानीय बिनोद महतोले आफ्नो खेतमा लगाएको बिजुलीको करेन्ट लागेर किशोरीको मृत्यू भएको हो । मृत्यू हुनेमा सोही ठाउँ बस्ने बिहारी महतोकी अन्दाजी बर्ष १२ की छोरी करिना महतो रहेकी छन् ।
उनलाई बचाउन खोज्दा सोही ठाउँ बस्ने बर्ष १४ की बिभा कुमारी महतो घाईते भएकी हुन् । करिनालाई बचाउने क्रममा राजकरण महतोकी १४ बर्षिय छोरी बिभा घाईते भएकी हुन् । मृतक करिनाको शव पोष्टमार्टमको लागि बर्दिवास अस्पताल लगिएको छ भने घाईते बिभाको उपचारपछि घर फर्किएको जनाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यता, खेतधनी विनोद महतो फरार भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…